साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आकाश शून्य

के लेखौं खै छैन आवाज मान्य घुर्मैलो यो आज आकाश शून्य तानातानी द्रोह लाद्ने अनित्य जानाजानी कंस आएछ भृत्य।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

खाऊ खाऊ हन्तकाली अघोरी
कात्रो भर्ने धुन्धुकारी शिकारी
लाध्रो पोस्ने दुष्ट आमाचकारी
मुर्दा लाग्छन् भ्रष्ट उत्पातकारी।१

धर्ती तिम्रो हैन पेवा बपौति
गर्छौ उल्टो देश सक्ने खलाँती
माटो बेच्दै खान खोज्ने गुलामी
काट्टो घिच्छौ दाश बन्दै हरामी।२

भ्रष्टाचारी चोर धन्धा चलायौ
आमा लुछ्दै गाँड आफ्नो फुलायौ
धायौ टाढा शक्तिको मात लाग्यो
दिल्ली जाँदा भक्ति गाथा हरायो।३

आलाकाँचा धेर किर्ना बटुल्दै
नाङ्गोनाच्दै घिच्न मार्सी छ डुल्दै
कालोमैलो कर्मले दाम चोर्ने
बेच्ने खाने सम्पदा ती निचोर्ने।४

हत्यारा यी न्याय मार्ने उभिण्डा
बोली फेर्ने धूर्त घाती कुभिण्डा
दानापानी पारिको घिच्न उम्दा
कालापानी बेचियो लाज गुम्दा।५

के लेखौं खै छैन आवाज मान्य
घुर्मैलो यो आज आकाश शून्य
तानातानी द्रोह लाद्ने अनित्य
जानाजानी कंस आएछ भृत्य।६

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
योजना छ के ?

योजना छ के ?

टङ्कराज ढकाल ‘तितेपाती’
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x