साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ४७)

पुर्खाको फूलबारी मुलुक मन बुझोस् कर्म खुल्छन् सुनौला । हाँस्नेछन् माल पाखा तरु अनि लतिका फूल बोकून् सुनौला ।। आऊन् नेपाल हेर्ने मनुजमन लिई गीत गाऊन् विचारी ।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

नौलो शिल्पी कलाको सडक मन चुनोस् भोकतिर्खा धपाओस् ।
कर्मी बाटो समाऊन् मनुजमन खुली सौख्य खम्बा समाओस् ।।
लड्दै भिड्दै क्रियाले भवन सुख पुगोस् हाँस्छ धर्ती विचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।२६।।

डाँडापाखा लगाऊँ नव तरु लतिका पूर्ण हाँसून् कलाले ।
गाऊन् गाना हियाका अतुल रस भरून् हर्ष पोखून् भेलाले ।।
अर्काको ध्वंश सोच्ने मनुजमन नहोस् वक्ष फ्याँकोस् कटारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।२७।।

भ्रष्टाचारी निमोठूँ सुकृत पथ चुनी बाँच्न सक्नेछु सोचूँ ।
मान्छे सन्मार्ग लागून् मुलुकहित क्रिया कर्मले भव्य पोखूँ ।।
धर्तीमा बढ्छ शोभा प्रगतिपथ हिँडूँ खुल्छ बाटो विचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।२८।।

भर्दै सत्कर्म पाना फल घर म हुलूँ खुल्छ सायुज्य द्वार ।
मान्छेझैँ कर्म पोखूँ अवनितल खुलोस् प्राप्ति पस्कन्छ सार ।।
मान्छेले तुच्छ गन्लान् मन गम म गरूँ दिव्य आँखा उघारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।२९।।

पुर्खाको फूलबारी मुलुक मन बुझोस् कर्म खुल्छन् सुनौला ।
हाँस्नेछन् माल पाखा तरु अनि लतिका फूल बोकून् सुनौला ।।
आऊन् नेपाल हेर्ने मनुजमन लिई गीत गाऊन् विचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।३०।।

०००
इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x