साइबर अपराध सम्बन्धी सचेतना सामग्री

योजना छ के ?

सन्काहा जन छन् त्यहाँ भुस्तिघ्रे चाल बर्बर लोभी पापी खुराफाती घस्दैछन् बुझ अत्तर माफिया तस्करी जाली मिलाएर छु मन्तर उल्टो यो खोपडी कस्तो योजना क्रोधको भर।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

लोकतन्त्र फटाहाको मागीखाने कुचाल यो
गाँडतन्त्र चलायो जो भाँडतन्त्र कुकर्म यो
नौरङ्गी दम्भको लागि ठोकतन्त्र निलाम यो
परायाको घुँयत्रोमा योजना खै कता गयो।१

पासो यो लोभको हाँडी चोरको चल्छ जग्जगी
हाँसोमा धुर्तको धन्दा नौटङ्की चल्छ बिग्बिगी
निर्धाको पिउने रक्त जालोमा फस्छ जिन्दगी
गुलामी भ्रष्टको फन्दा योजना नै सुपुर्दगी।२

यी हुँडार र ब्वाँसाको के होला ठगबन्धन
काशी जाने बिरालोले माथमा घस्छ चन्दन
सिद्राको हार भिर्नेले भन्दैछ देश चिन्दिन
बिडम्बना छ कस्तो यो लोकमा नृत्य दिन्दिन।३

शर्तमा पस्छ जो आफै सङ्घीयता गयो कता
गणतन्त्र भजाएर खान्छ जो भन्छ एकता
जथाभावी चलाएको नाफाखोरी छ ए कता
सत्ताधारी छ मुर्दा जो योजना बुन्छ रिक्तता।४

भ्रष्टाचारी बचाएर निर्धाको लिन्छ हुर्मत
चोरी गर्ने छ आफै जो गर्दैछ तुच्छ कर्तुत
दुष्ट कालो बिरालोले लुँड्याउने छ बर्गत
हत्यारा दुष्टको होला योजना लुट्न हर्कत।५

सन्काहा जन छन् त्यहाँ भुस्तिघ्रे चाल बर्बर
लोभी पापी खुराफाती घस्दैछन् बुझ अत्तर
माफिया तस्करी जाली मिलाएर छु मन्तर
उल्टो यो खोपडी कस्तो योजना क्रोधको भर।६

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
0
Would love your thoughts, please comment.x
()
x