साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कता गयो कता गयो

तामझाम भेषमा सुके लुतो भिरे भयो रङ्ग दल्छ केशमा मुहारमा पिलो थियो तिर्सना छ शत्रुको गुलाम भै बसे भयो लोभ मोह क्रोधमा मुकाममा छिरे भयो।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

जोडमा घटाउमा न मिल्छ भाग के भयो
दुष्टको हिसाबमा अनन्य लाभ देखियो
न्याय खै समाजमा विरक्त चाल देखियो
हर्ष खै हियारमा कता गयो कता गयो।१

कृष्णको अभावमा छ कंसको स्वराज यो
जिन्दगी छ दाउमा हुँडारको समाज यो
भ्रष्टको दबावमा बिचौलिया खडा भयो
न्याय खै समाजमा कता गयो कता गयो।२

ज्यामितीय कोणमा छ अङ्कको कमाल यो
उर्ध्व जान्छ लम्ब यो र कर्ण दिन्छ नाप यो
दिन्छ भाव बिम्वले र चित्रकार कोर्छ यो
ठीक नाप गर्छ जो उतार्न सक्छ चित्र यो।३

न्याय बिक्छ दाममा न किन्न सक्छ निर्धनी
कुम्भकर्ण चालमा सुलोचना छ मेदिनी
रामराज्य कल्पना जताकतै छ दामिनी
उड्छ भुर्र व्योममा वियोगमा छ यामिनी।४

सुस्तता छ कर्ममा अगम्य लाग्छ घूष यो
शक्तिको उपासना उजाड पार्छ देश यो
सङ्घ मूर्ख ताडना विवेक भाग्छ के भयो
दिक्क लाग्छ यातना सहन्न तुच्छ काज यो।५

तामझाम भेषमा सुके लुतो भिरे भयो
रङ्ग दल्छ केशमा मुहारमा पिलो थियो
तिर्सना छ शत्रुको गुलाम भै बसे भयो
लोभ मोह क्रोधमा मुकाममा छिरे भयो।६

शुष्कता छ सोचमा कुकर्ममा छ लिप्त यो
शून्य भै विवेचना अभद्रता गरे भयो
मातृ श्राप भोगले अशिष्टता छरे भयो
तुच्छ बुध्दि जिन्दगी कता गयो कता गयो।७

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
योजना छ के ?

योजना छ के ?

टङ्कराज ढकाल ‘तितेपाती’
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
0
Would love your thoughts, please comment.x
()
x