साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीर्थ

"म त कान छोपें यस्तो तीर्थ कहिल्यै आउँदिन। भयो अब त्यसो हुन भन्दा पहिल्यै फर्कौँ।"- शान्ती आफ्नो झोला बोकेर बाटा लागी। बालाराम पनि खितखित हाँस्तै पछि लाग्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“खुबै तिर्थ यात्रा गरौँ भन्थ्यौ त शान्ती’ अहिले केभयो ?” – बालारामले आफ्नो श्रीमतीले मुख तोपेको देखेर सोधे।

“छी यस्तो पनि के तीर्थ हुन्छ ?”- शान्तीले नाक, मुख खुम्चाई।

“यही त महा तीर्थ हो। यो भन्दा ठुलो त तीर्थै हुँदैन । यो तीर्थ गर्न त बाह्र वर्ष कुर्नुपर्छ बुझ्यौ ? “- बालारामले कोखे आँखाले हेर्दै खिसिक्क हाँस्यो।

“छोरी जुवाँई पनि आउँन खोजेका थिए । जुवाँईको छुट्टी मिलेन । धन्न छोरीलाई ल्याएन छु, छोरी जुवाँई पनि आएको भए त लाजले कतै लुक्ने गराउँथ्यो।”- शान्तिले भनी।

“छि .छि फर्कौँ अब यस्तो पनि के तीर्थ ! मलाई त एकछिन पनि बस्न गारो भयो !”-उसले थपी।

“अब उत्नबाट आइहाल्यौँ दुई चार दिन अरू हेरौँ । अँझै थुप्रै कार्यक्रम हेर्न बाँकी नै छ।”-बालारामले सम्झाउँन खोज्यो।

“अब के हेर्न बाँकी रह्यो ? नाङ्गै चरानाम हिंडेका नशेडीहरू देखियो, मानिसका कङ्काल चबाउँदै हिंड्ने भूतहरू जस्ता मानव पनि देखियो। यो भन्दा पनि अब के होला र हेर्न बाँकी ?”- शान्ती आफ्नो अडानमा सतिसाल झैं भई।

“अब कसैले देवता प्रकट भयो भन्दियो भने यही भिड भागाभाग गर्छन् र यिनै मध्य आधा जति किचिएर मारिन्छन्।”- बालारामले भविश्यबाणी गर्यो।

“म त कान छोपें यस्तो तीर्थ कहिल्यै आउँदिन। भयो अब त्यसो हुन भन्दा पहिल्यै फर्कौँ।”- शान्ती आफ्नो झोला बोकेर बाटा लागी। बालाराम पनि खितखित हाँस्तै पछि लाग्यो।

०००
घोराही- १८, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x