साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कंस चरित्र

लोभी र पापी जनता निचोर्छन् अस्तित्व के हो पुरको चिथोर्छन् जो अस्मिता नै पगालेर प्यूछन् ताक्दै गुलेली अनि बाण छाड्छन् यी कंस यस्तै अभिशाप बन्छन्।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

साह्रै प्रतापी नृप उग्रसेन
जो राज्य गर्थे मथुरा इमान
ढोंगी लफङ्गो जन कंस जान
उल्का धतङ्गो दिन कष्ट घान।१

पद्मावती छन् खलको निशानी
हो भ्रष्ट कुम्भी छलछाम तानी
बाटो हिंडेको पल स्वार्थ ठानी
खोटो बनायो निज गर्भ दानी।२

बच्चा गिजोल्ने महिला समात्ने
भै धुन्धुकारी बदनाम पार्ने
को के कहाँको लुटपाट गर्ने
खोटो छ सिक्का दुनिया गिजोल्ने।३

यी दुष्ट जाली सरकारमा छन्
भूभाग बेच्ने सुरसारमा छन्
मुर्दा भुस्याहा किनबेचमा छन्
यो देश मेट्ने कुलघात रोज्छन्।४

गुण्डा भरौटे परिवार छान्छन्
बन्दै पराया अनिकाल पार्छन्
खाँचो कताको परिपूर्ण गर्छन्
ऐरे र गैह्रे चलखेल गर्छन्।५

बेचेर आमा पनि दाम लिन्छन्
जो कर्मचारी छलछाम गर्छन्
जो सूचना नै किनबेच गर्छन्
औकात कस्तो भरिया सकार्छन्।६

लोभी र पापी जनता निचोर्छन्
अस्तित्व के हो पुरको चिथोर्छन्
जो अस्मिता नै पगालेर प्यूछन्
ताक्दै गुलेली अनि बाण छाड्छन्
यी कंस यस्तै अभिशाप बन्छन्।७

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
योजना छ के ?

योजना छ के ?

टङ्कराज ढकाल ‘तितेपाती’
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
0
Would love your thoughts, please comment.x
()
x