तेजविलास अधिकारीतीन ठाेकान
ल फोटो पूजा गर्न थालौं सम्वृद्धिको पाइला चालौं विरोधी जति सबै मासेर भजन मण्डली मात्र पालौं ।
तेजविलास अधिकारी :
१) आलुचना
आलुचना त पच्न छाड्यो
दही चिउरामा मन गढ्यो
खै ! यस्तै छ हिजो आज
दम्भको भाउ झनै बढ्यो ।
२) पूजा
ल फोटो पूजा गर्न थालौं
सम्वृद्धिको पाइला चालौं
विरोधी जति सबै मासेर
भजन मण्डली मात्र पालौं ।
३) सत्ता
बल्ल सत्ताको कुरा बुझेको छु
र त स्वार्थमा लुछुप्प रुझेको छु
जुन शक्तिआए पनि स्वागत गर्न
नजानी नजानी पनि खोजेको छु ।
०००
इच्छाकामना- ३, चितवन ।
Subscribe
Login
0 Comments
Oldest




































