साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी विदेश जाँदा

दिनरात नभनी दुःख धेरै गर्नुपर्छ रे विदेशमा बाबु यहाँको साथीभाई चाडपर्व सम्झेर रुन्छौ कि बाबु। अलि अलि गरेर हामीलाई बिर्सन्छौ कि बाबु हाम्रो कठिन त्याग र तपस्यालाई भुल्छौं कि बाबु।

Nepal Telecom ad

भावना न्याैपाने :

तिमी विदेश जाँदा मन अतिनै रोयो बाबु
आँखाबाट आँसुका धारा धेरै बग्यो बाबु।

म त जसोतसो मनलाई बुझाउँला बाबु
तेरी आमा भक्कानो छोडिछोडी रोइ बाबु।

घरमा एउटा सिन्को नभाँचेको तँ बाबु
अर्काको देशमा कसरी दुः ख गर्लास् बाबु।

दुनिया राम्रो पनि छ नराम्रो पनि छ होसियार रहनु बाबु
हाम्रो धेरै सम्झना होइन आफ्नाे ख्याल गर्नु ल बाबु।

हामी बाबु आमालाई सुख दिने आशाले विदेशमा गयौ बाबु
तिम्रा पनि हरेक मनोकामना पूर्ण हुन् मेरो बाबु।

शुरू शुरूमा बस्ने ठाउँ पाउँछौ कि पाउदैनौ बाबु
एकगाँस पनि खान पाउँछौ कि पाउदैनौ बाबु।

दिनरात नभनी दुःख धेरै गर्नुपर्छ रे विदेशमा बाबु
यहाँको साथीभाई चाडपर्व सम्झेर रुन्छौ कि बाबु।

अलि अलि गरेर हामीलाई बिर्सन्छौ कि बाबु
हाम्रो कठिन त्याग र तपस्यालाई भुल्छौं कि बाबु।

तिमीलाई राम्रो होस् ईश्वरसँग प्रार्थना सधैं गरौँला
तिमी आउने बाटो सधैं सधैं कुरेर बसेका छाैँ बाबु।

म र तेरी आमा एक्लै छौँ यहाँ बाबु
विदेशको मोहले हामीलाई नभुलोस् है बाबु।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
आमा

आमा

भावना न्याैपाने
पाका बाबा आमाहरु हो

पाका बाबा आमाहरु हो

भावना न्याैपाने
उठउठ पाका बाबा आमाहरु हो

उठउठ पाका बाबा आमाहरु...

भावना न्याैपाने
हमर लिएर ढुंगा कुट्दै ती आमा

हमर लिएर ढुंगा कुट्दै...

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x