साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिलप्याक शहीद

"अलकोहल कन्जुमिङ परसन " को पक्षमा वकालत गर्दा सिलटिम्बुर खानु भएकोले उहाँलाई नेपालको पहिलो - "सिलप्याक शहीद" घोषणा गरौं र शोकलाई शक्तिमा बदल्न अब भट्टीतर्फ बढौँ भन्दै जर्याकजुरूक उठे ।

Nepal Telecom ad

आर.सी. रिजाल :

सोमप्रसादको मृत्युको चौथो दिन उसका चारजना साथी एक किलो जुनार (बिचार) बोकेर समवेदना व्यक्त गर्न पुग्छन् । सोमकी बुढीआमाले छोराका साथीहरु देख्नासाथ –तँलाई जँड्याहा मुर्दा हो, हाम्रो बज्रपातमाथि नुनचुक छर्न आएका भन्दै जे पायो त्यहिले झट्टी हानेर खेदिन्।

समवेदना व्यक्त गर्न नपाएको झोंकमा जँड्याहाहरु चारबजे सोमलाई जलाएको घाटमा पुगेर एउटा ढुङ्गा उनको प्रतीकको रुपमा खडा गरि प्रसादी चढाउन लगेका बोतल अगाडि राखेर नुनिलो आँसुलाई सितन तुल्याई चुस्की लिँदै कार्यक्रम सुरु गर्छन् :-

मादककुमार – हामीलाई आफू हिँडेको बाटोमा डोर्‍याउने सोम हाम्रा महान अग्रज हुनुहुन्थ्यो । साँच्चै भन्ने हो भने उहाँलाई यस क्षेत्रको हुनहार प्रतिभा भन्दा केही फरक पर्दैन । उहाँ समय अनुसार चल्न सक्नु हुन्थो। कहिलेकाहीँ स्न्याक्सबिना नुनखोर्सानीकै भरमा पिउन सक्ने साहसिक व्यक्तित्व …. भन्दैथ्यो। गला अवरुद्ध भएर घुँक्कघुँक्क गर्न लाग्यो।

मध्यप्रसाद- त्यतिमात्र हो र ! हाम्रो देशको नेताभन्दा उहाँ अझ त्यागी हुनुहुन्थ्यो। दुईथान श्रीमतीले त्याग्दा पनि उहाँमा पटक्कै बिचलन आएन। थाल कचौराको कुरै छाडौँ उहाँले आफ्नो वर्गको हितका लागि श्रीमतीको मंगलसुत्रसमेत यस क्षेत्रमा लगानी गर्नुभयो …. भन्दै डाँको छोड्यो।

महुवा खत्री – सोमलाई मदिराप्रेमीको उपनाम दिनसक्छौँ। प्राय सिलप्याक नै पिउनु हुन्थ्यो।तसर्थ उहाँ रक्सीको कारणले बित्नु भएको होइन। उहाँको लिभर कमजोर रहेछ। “राम्रो व्यक्ति चाडैं ईश्वरको प्यारो हुन्छ” भन्ने भनाइ उहाँमा चरितार्थ भयो….. भन्दै बगरमै लडिबुडी गर्दै रुनलाग्यो।

मदिराकुमार – उहाँ बाचुन्जेल वर्गियहितको लागि लडिरहनु भयो। तसर्थ पुलिस प्रशासनले उहाँलाई गिद्दे नजरले हेर्थे। मर्ने दिन बिच सडकमा वाक स्वतन्त्रता माग गर्दै हिँड्दा पुलिसको डण्डाबाट जोगिन लडखडाएर दौड्दा नालीमा खुर्मुरिनु भयो। उहाँ – “अलकोहल कन्जुमिङ परसन ” को पक्षमा वकालत गर्दा सिलटिम्बुर खानु भएकोले उहाँलाई नेपालको पहिलो – “सिलप्याक शहीद” घोषणा गरौं र शोकलाई शक्तिमा बदल्न अब भट्टीतर्फ बढौँ भन्दै जर्याकजुरूक उठे ।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
0
Would love your thoughts, please comment.x
()
x