साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (४५)

राजनीति गरौँ लाग्ने देश सपार्न होइन धर्म राष्ट्रियता राज्य समृद्ध पार्न होइन । मेरो समृद्धिको नारा तला चढ्ने भर्‍याङ हो मेरो पार्टी भनेको नै गैरीको बाँस झ्याङ हो ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

भ्रष्टाचार धरोधर्म हुर्काउँछु बढाउँछु
निश्पक्ष जसले गर्छ सातोपुग्लो उडाउँछु ।५८६

नागरिक सताएको भए असाध्य उत्तम
निमुखा जसले हेर्छ त्यस्तो मानिस खत्तम ।५८७

बाचा गर्छु धरोधर्म यस्तो बाटो म लाग्दिन
राम्रो बानी बस्यो मेरो धरोधर्म म त्याग्दिन ।५८८

बानी सुधारका निम्ति राष्ट्र सेवक बन्दिन
चतुर्‍याइँ सिकेकैछु अर्को बाटो म छान्दिन ।५८९

देश सड्ढटमा पर्दा विदेशतिर धाउँछु
आफ्नो स्वार्थ पूरा गर्नु परे पाउ दबाउँछु ।५९०

विदेशी मित्रको सेवा गर्न चाहिँ रुचाउँछु
तिनै हुन् देवता मेरा तिनैलाई फकाउँछु । ५९१

छिमेकी देवता मेरा ढोग्न जान्छु सधैंभरी
जसो भन्छन् उसै गर्छु मानौँ नोकरकै सरी ।५९२

आज्ञा पालनमा लाग्छु सिंढी चढ्छु रमाउँछु
जरा आफन्तका काट्छु उनको गीत गाउँछु ।५९३

केही कुरा उनीसामु बोल्नु पर्दा डराउँछु
म आफ्ना घरमा चाहिँ साह्रै चर्को कराउँछु ।५९४

जे दिन्छन् उनले मन्त्र सोही गर्छु सधैं जप
हुनेछु घरमा भान्से रोजीखान कपाकप ।५९५

खसेछ लाजको टालो खसेको चाल पाइन
घसेछन् मुखमा कालो घसेको चाल पाइन ।५९६

नैतिकता हराएको केही चाल नपाउँदा
कुर्सीको होडमा लाग्दा नाङ्गेझार भएँ म ता ।५९७

केके बोलेँ हिजो अस्ति भन्ने रहन्न सम्झना
विकासका कुरा भुल्छु पद सक्तिनँ बिर्सन ।५९८

राजनीति गरौँ लाग्ने देश सपार्न होइन
धर्म राष्ट्रियता राज्य समृद्ध पार्न होइन । ५९९

मेरो समृद्धिको नारा तला चढ्ने भर्‍याङ हो
मेरो पार्टी भनेको नै गैरीको बाँस झ्याङ हो ।६००

क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x