डिल्लीप्रसाद मूलतिहुनसभ्य सवाई
सहन पनि नसक्ने गन्ध उस्तै छ सभ्य गुटुमुट सुत सोझा नत्र हुन्छौ असभ्य महल छ मुखियाको छुन्छ आकाश जस्तो शहरभर अनौठो सभ्यता मात्र सस्तो ।
डिल्लीप्रसाद मूलतिहुन :
शहरतिर पसेको वर्ष बित्नै नपाई
सहजसँग सिकेको सभ्य बन्ने सवाई
तडकभडक सिक्ने उच्च खाले जमात
नगरनगर भन्दै गर्न बाँकी नराख ।१ ।
महलतिर उनैको फेरि बेग्लै कथा छ
सडकतिर हुनेको सभ्य भिन्नै ब्यथा छ
सररर दगुरेका सभ्यका कार देख्यौँ
दशतिर छरिएका पोलका तार देख्यौँ ।२ ।
पलपल जन डस्ने सभ्य ब्यापार आहा !
दिनप्रतिदिन बढ्ने मूल्यको भार आहा !
उकुसमुकुस पार्ने सभ्य नै छन् सवारी
फरकफरक खाले सभ्यताका चिनारी ।३ ।
अनवरत जलेको घाट हेर्यौँ बसेर
शवसँग सब मिज्ने आँसु मात्रै खसेर
सडकतिर अनौठा सभ्य पेटीहरू छन्
अझ सरम बिनाका सभ्य केटीहरू छन् ।४।
सहन पनि नसक्ने गन्ध उस्तै छ सभ्य
गुटुमुट सुत सोझा नत्र हुन्छौ असभ्य
महल छ मुखियाको छुन्छ आकाश जस्तो
शहरभर अनौठो सभ्यता मात्र सस्तो ।५।
०००
मोलुङ-५ प्राप्चा ओखल्ढुङ्गा
Subscribe
Login
0 Comments
Oldest






































