साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम्रो पाठशाला

फूलका बिरुवामाथि थोत्रा कागज थुप्रियो तिनै कुकुरले हाल्छन् फूलमा मल देखियो । धुपी सजाउने नौलो तरिका देख्न पाइयो हाँगा बोट चिथोरेर सबै ठुटा बँचाइयो ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

आहा ! त्यो पाठशालामा चर्पी रहेछ सुन्दर
बहुतै बासना चल्छ बाहिरैसम्म हर्हर ।१ ।

पलास्टिक डढाएर कालो छर्ने नयाँ कुरा
सिक्नेछन् ढुक्कछौँ हामी जान्ने हुन्छन् सबै भुरा।२ ।

माटो खन्न मुसालाई सुबिस्ता छ उसैगरी
हावापानी सबै शुद्ध यसो गर्दा सधैँभरी ।३ ।

थोते पर्खालका भित्ता हाँसे देखाउँदै गिजा
हल्लिन्छन् बनमाराका बुटाहरू लिँदै मजा ।४ ।

थाङ्नाथुङ्नी फिँजाएर चारैतिर सजाइयो
खुसीले काग नाचेको बिहानै देख्न पाइयो । ५ ।

छाडा कुकुरको जत्था यो दृश्य हेर्न आउने
साह्रै रमाइलो मान्दै यतै बस्न रुचाउने ।६ ।

कक्षाकोठाहरू जम्मै चिटिक्क कोरकारमा
छाडा शब्द बडो शुद्ध लेखिएको जहाँतहाँ।७।

फूलका बिरुवामाथि थोत्रा कागज थुप्रियो
तिनै कुकुरले हाल्छन् फूलमा मल देखियो ।८ ।

धुपी सजाउने नौलो तरिका देख्न पाइयो
हाँगा बोट चिथोरेर सबै ठुटा बँचाइयो ।९।

विद्यालय यसैबाट बुझिन्छ कति अब्बल
गुणस्तरीय शिक्षामा पुग्छ यसैगरे बल ।१० ।

यत्तिको सुविधायुक्त पाठशाला बनाउन
सकेदेखि अरू गर्नै पर्दैनथ्यो गनाउन ।११ ।

०००
मोलुङ- ५ ओखल्ढुङ्गा, हाल चा न पा -३, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सोझिनु किन ?

सोझिनु किन ?

डिल्लीप्रसाद मूलतिहुन
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x