साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आओ देशभक्त हो आओ !

त्यो सबै लात हानेर हिँडेको म कहाँ त्यत्तिकै आउँछु शरीरका सबै अङ्गअङ्गले साथ छोडेपछि आउँछु काम गर्ने जाँगर र शरीरको आँत मरेपछि आउँछु ।

Nepal Telecom ad

विनाेद सुवेदी :

देश सकिन लागिसक्यो
देश बनाउन आओ
देश बचाउन आओ
मातृभूमी कलिङ यु !

हुन्छ म आँउछु
फुर्सद छैन अहिले देश सोच्न
यता आउँदाको रिन छ थाप्लोमा
त्यो रिन सबै तिर्न सक्ने भएर आउँछु
दुइ चार लाख पोल्टामा बाेकेर
गलामा र नाडीमा
भिरेर आउँछु ।
मातृभूमी कलिङ यु !

आउँछु म आउँछु
आफ्नी आमाको लाम्टाले नपुगेर
विदेशी बाको घुँडा चुस्न हिँडेको म
कहाँ त्यत्तिकै आउँछु !
ज्यानमा तागत खस्केपछि आउँछु
बाको घुँडा खुस्केपछि आउँछु !
मातृभूमी कलिङ यु !

हुन्छ म पक्कै आँउछु
अन्तिममा आउने त्यही त हो
अझै त बल बाँकीनै छ शरीरमा
बल सक्किएपछि आउँछु
शरीरकाे हाडखोड मक्किएपछि आउँछु
मातृभूमी कलिङ यु !

देशले कहाँ नदिएको हो र
हुर्काइ, बडाइ, अनि पडाई
देशकै त देन हो नि !
त्यो सबै लात हानेर हिँडेको म
कहाँ त्यत्तिकै आउँछु
शरीरका सबै अङ्गअङ्गले
साथ छोडेपछि आउँछु
काम गर्ने जाँगर र शरीरको आँत
मरेपछि आउँछु ।

चाहिने जति बलबुद्धि,
सिङ्गो ज्यान, सग्ला हातगोडा
टमक्क मिलेका दाँत्,
चिटिक्क परेको मुख मोहडा
सबै देशकै त देन हो नि !
आउँछु म साँच्ची आउँछु
देशको लागि केहि गर्न नसके पनि,
मातृभूमीमा अँगाल्लिन नि !
आस बोकेर आउँछु
कि थर्थराउदै लास बन्न,
कि त लास बनेर आउँछु ।

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
एक युगको मृत्यु

एक युगको मृत्यु

विनाेद सुवेदी
भिडमा एक्लो म

भिडमा एक्लो म

विनाेद सुवेदी
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x