सुरेशकुमार भट्टछोरीलाई दही च्यूरा
झरेर गए बुढा तेतै झ्यालबाट हेरिरहे। ’ठाउँ ठाउँको चलन यस्तै छ हाम्रो नेपालाँ” भन्दै बुढा भुतभुताएको सुनेर ड्राइभरले भन्यो- बा पहाडको गाउँबाट भर्खर आउनु भा होला तेही भ र यहाँको चलन बुझ्नु भएन होला।
सुरेशकुमार भट्ट :
काठमाण्डूको काँठबाट बस शहरतिर जाँदैथियो ।ड्राईभरको पछाडि सिटमा सागको डोको समाउँदै बसेका बुढाले बसमा उक्लिँदै गरेका हातमा झोला झुन्ड्याएका अधबैशे जोडीका पुरूषलाई सङ्केत गर्दै भने- कता जानलागिस् त नि जेठो ?
ए बडा बा नि यसैमा ? अँ तँ कता त नि ?’
कता हुन्थ्यो ? छोरीको कोखमा छ महिना लाग्यो रे यसो कटौरामा भने नि दहि चिउरा खुवाएर रित गरेरआउँ भनेर।
के भन्छ यो हैन यतै माइतमा बोलाएर एक दुई महिना राखेर टन्न खुवाएर पोसेर सुत्केरी नहुन्जेल खाने घिउ, लाउने तेल चामल चिउरा भरिया लाएरै पठाउनी हैन र ? भन्या के कटौरामा भने पनि दही चिउरा खुवाउन पर्ने हाम्रो रित हो र ? जेठो ! म यो के सुन्दैछु लौन बता है ?
खोई बा वल्लो घर पल्लोघर वारी पारी डाँछी, गोदावरी, फूलबारी, लेले, उता पोइलजाने डाँडासम्मका सबैले यसै गर्दा रैछन् । अनि छिमेकी सबैले गरेपछि ऊनीहरूसँग मिल्दो जुल्दो भइँदैन, अनि हेपी हाल्छन् बा गर्नैपर्याे नि नगरेर भो र ?
‘ए त्यसो भए दुलहीलाई दैलो उकाल्न जन्तीसॅगै गए छिमेकी भने तँ पनि जान्छस् त ठिटा ?’ त्यो पनि सुरू भै सक्यो बा ! तपाइँ गाउँबाट यहाँ काँठमा आको भर्खर २/ ४ वर्ष भा छ अब थाहा पाउनु होला के गर्नु पर्दो रैछ भनेर। यहाँ त सबैको चलन संस्कार सबैले गर्ने यो ऊ भन्ने नै छैन। ल म त झरें बा यहाँबाट अर्को बस समाउन पर्छ।’ ल ल जा, बुहारी पनि आइरछिन्।’
झरेर गए बुढा तेतै झ्यालबाट हेरिरहे। ’ठाउँ ठाउँको चलन यस्तै छ हाम्रो नेपालाँ” भन्दै बुढा भुतभुताएको सुनेर ड्राइभरले भन्यो- बा पहाडको गाउँबाट भर्खर आउनु भा होला तेही भ र यहाँको चलन बुझ्नु भएन होला।
हो बाबु त्यो त हो, दुई चार वर्ष भो आको भनेर बुढा चुप लागे।
खलासीले बसको भित्तामा हात बजार्दै भन्यो- ल ल झर्नु सबै छिटो झर्नु यीं सम्म हो। उता आज जाँदैन। दाइ !अलि छेउ लाउनु है।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































