साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पार्लरकाे कमाल

प्रशाधनका साधन घरमा थुपारी जति छन् प्रशाधन उत्ति रङ्गका साडी साेकेस् र दराज पनि छैन खाली घरभित्रै उसको क्याटवाक छ जारी ।

Nepal Telecom ad

कुप्रदा :

अब जाने हाे पार्लर, ऊ भन्न थाली
छिमेकी अन्टीले खै, के भनी उचाली
म चाहिँ हुन्न हुन्न, ऊ चाहिँ हुन्छ खाली
घरकीले अब घुर्की लगाउन थाली ।

प्राकृतिकै राम्रो छ, के गर्नु त्याे लाली
सयौं खर्च जान्छ, त्यो मुखै पखाली
तिमी त्यसै सुन्दरी छ्याै मेरी काली
पुलुक्क हेरी मतिर आँखीभाै उचाली ।

भाेकै हड्ताल गरि चुलाेचाैकै नबाली
भाँडा उचाली र अनि बाहिर फाली
छाेराछाेरी अनाहकै पिट्न थाली
रणचण्डी झैं रूप बनाई काली ।

दाेष अनेकौं मैमाथि थाेपर्न थाली
ठुस्कान चेहरा कति हेर्नु खाली
लाचार भई दिएँ स्वीकृति जनाई
भएँ पुरै कालाे म, ऊ भई उज्याली ।

हप्ताको दिन दुई ऊ सधैं तयारी
मेरो खल्ती रित्तो छ, पर्स उसकाे भारी
बाउन्न कि ऊ पच्चिसी हुन्छु भन्दै
भिरी सर्ट पेन्ट, फाली चाेला साडी ।

कपाल बाहेक सबै राैं निखारी
आँखीभाैं उखेली र परेला हाली
कपाल छाेट्याइकन रङ्ग विरङ्ग हाली
गाेरी बनी गुलाबी र प्याजी काली ।

प्रशाधनका साधन घरमा थुपारी
जति छन् प्रशाधन उत्ति रङ्गका साडी
साेकेस् र दराज पनि छैन खाली
घरभित्रै उसको क्याटवाक छ जारी ।

वरकाे त्याे सिन्काे परै नसारी
बाेल्न केही हुन्न त्यो चाेसै पसारी
बसिरहन्छे साेफामा सधैं टिभी अगाडि
म चाहिँ रित्तो रित्तो ऋणको छ भारी ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x