साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेराे छाेराे

अरू कुरा बाल मत्लब भन्छ सक्किगाेनी सर्वस्वनै सुम्पे पनि लक्ष्मीकाे बासै नहाेला जस्तो सरस्वतीनै सुम्पे पनि प्लस् टु पासै नहाेला जस्तो मेराे छाेराे याे काले माेराे खै कस्तो कस्तो ??

Nepal Telecom ad

कुप्रदा :

मेराे छाेराे, त्याे काले माेराे, कस्तो कस्तो
अनुहार हे-याे सबै दाह्रीमै छिपे जस्तो
रूपरङ्ग हे-याे पश्चिमा हिप्पी जस्तो
मेराे छाेराे कस्तो -कस्तो ।

भने जस्तो पुर्‍याईदिए, एस् बाबा राईट भन्छ
अलि तलबितल परे, दिन्छु अहिले फाईट भन्छ
तागत हेर्दा बगेको खाेलै छेक्ला जस्तो
झनक्क सन्कियाे भने बाबुकै बङ्गारा सेक्ला जस्ताे
मेराे छाेराे खै कस्तो – कस्तो

पाइन्ट लाउँछ सँधै कम्मरबाटै खस्ला जस्तो
सर्ट हे-याे पुरै बाबुछाेरै अट्ला जस्तो
सँधै कालाे चस्मा भिर्छ सलाईकाे बट्टा जस्तो
कपाल हेर्याे पुरै देख्छु महादेवकाे जट्टा जस्तो ।

सबै हिराे हिराेइन चिन्छ कुन फिल्मकाे कुन हाे
संस्कार सबै भुल्दै गयाे पराई आफ्नु कुन हाे
झ्यालबाट केटी हेर्छ आँखा तानी तानी
आमालाई भन्दाेरैछ कुमार नै बस्ने हाे नि

तिघ्रा हे-याे धमिरा लागेकाे खम्बा जस्तो
गाला पुरै चमेरोले खाएको अम्बा जस्तो
जाँगर हेर्दा जाडाेमा जमेको घिउ जस्तो
व्यहाेरा हेर्दा भएभरकाे बङ्गारा झारिदिउँ जस्तो
मेराे छाेराे याे भुसतिघ्रे माेराे कस्तो कस्तो ।

बुढाबुढी बस्छाै घरमा त्राहिमाम् बनी
अरू कुरा बाल मत्लब भन्छ सक्किगाेनी
सर्वस्वनै सुम्पे पनि लक्ष्मीकाे बासै नहाेला जस्तो
सरस्वतीनै सुम्पे पनि प्लस् टु पासै नहाेला जस्तो
मेराे छाेराे याे काले माेराे खै कस्तो कस्तो ??

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x