साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा कर्मचारी

"मुस्कान सहितकाे सेवा" यिनको नारा पुरै गुणकारी भ्रष्ट आचरण अनुशरण कति राम्रा कर्मचारी ।

Nepal Telecom ad

कुप्रदा :

१.
मिल्ने काम हुन्न भन्याे काम अन्तै माेडिदियाे
दुख दियो रिसवत लियो नीति कानुन छाेडिदियाे
प्रशासनमा आसन छन् यी कुशासनका कलमधारी
देशमा राम्रो सुशासन छ भन्छन् हाम्रा कर्मचारी ।

२.
आयाेजना याेजनामा कमिशनकाे खेलभारी
तीस प्रतिशत तल पुग्छ सत्तरी चाहिँ पाेकाेपारी
दलै पिच्छे संगठन छन् धाउँछन् यिनै ढाेका चहारी
समृद्ध र विकास आउँछ भन्छन् देशमा कर्मचारी ।

३.
साेझासाझा गर्छन् काम पुग्छन् यिनी डाँडापारी
पार्छन् हाम छलछाम कामचाेर र नेतागिरी
“मुस्कान सहितकाे सेवा” यिनको नारा पुरै गुणकारी
भ्रष्ट आचरण अनुशरण कति राम्रा कर्मचारी ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x