साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाउन् बस्न बुढाबुढी

पाका मानिस मान्य हुन् अवनिका भन्ने सबैले बुझून् सच्चा ईश्वर हुन् भनेर जिउँदा आस्था जगाई पुजून् कोहीबाट कुनै प्रताडित नहून् अन्याय ज्यादा परी पाउन् बस्न बुढाबुढी शिशिरमा तातो र न्यानो गरी॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे”:

जाडो भव्य हिमालको शिशिरले बोकेर ल्यायो तल
हाल्दै बिस्कुन चारतर्फ हिउँको सेताम्य पार्‍यो थल
बाक्ला वस्त्र र खाद्य पोषणलिँदै सानन्द साह्रै परी
पाउन् बस्न बुढाबुढी शिशिरमा तातो र न्यानो गरी॥१

भन्छन् लोक रुई फुई अनि दुई चाहिन्छ जाडोहुँदा
मान्छेमा सय रोग लाग्छ सहसा भारी चिसोले छुँदा
खोकीसम्म कदापि ख्वाक्कनगरी जाओस् न माघेझरी
पाउन् बस्न बुढाबुढी शिशिरमा तातो र न्यानो गरी॥२

ढल्छन् वृद्ध निमोनिया हुन गई ठण्डी गडेमा अति
मौकामा उपचार गर्न नसके त्यो देह होला खती
होउन् पुत्र बधू उदार दिलका टेवा दिने बेसरी
पाउन् बस्न बुढाबुढी शिशिरमा तातो र न्यानो गरी॥३

आगो ताप्न बनोस् समुन्नत चुलो होस् घामताप्ने पिँढी
शय्या दक्षिणको उँचोतिर रहोस् कालो नहोस् त्यो छिँडी
खाना पोषणदार सात्विक बनोस् मीठो सुधा नै सरी
पाउन् बस्न बुढाबुढी शिशिरमा तातो र न्यानो गरी॥४

पाका मानिस मान्य हुन् अवनिका भन्ने सबैले बुझून्
सच्चा ईश्वर हुन् भनेर जिउँदा आस्था जगाई पुजून्
कोहीबाट कुनै प्रताडित नहून् अन्याय ज्यादा परी
पाउन् बस्न बुढाबुढी शिशिरमा तातो र न्यानो गरी॥५

०००
चाँगुनारायण न.पा. ३, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x