साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हर्कको काम, बिस्मातको भान

तिर्सना जनको हर्न कञ्चन जल पोखिंदा, लज्जित छु निर्वस्त्र झै तोकमा म सदासदा । फैलाई पाईप लाइन विस्तार भो शहरमा, नशा नशा रक्तज्वर प्रवाह भो शरीरमा ।

Nepal Telecom ad

हथौड़ा हान्छ शिलामा नदीको तटमा बसी,
छाम्दछ हात टाउको आफ्नै पो टाउको हो कि ।

गिट्टी बालुवा सिमेन्टले बन्दछ मसला जब,
लाग्दछ मांशपिण्ड नै थुप्रियो मसलासँग ।

सहभागीजन मिली हर्ककै गीत गाउँदा,
उफ्रेझैं लाग्छ छातीमा टुँडिखेल नपाउँदा ।

जल भण्डारण गर्न बृहत् टङ्की बनाउँदा,
भयभीत मन भन्छ खनियो चिहान सदा ।

तिर्सना जनको हर्न कञ्चन जल पोखिंदा,
लज्जित छु निर्वस्त्र झै तोकमा म सदासदा ।

फैलाई पाईप लाइन विस्तार भो शहरमा,
नशा नशा रक्तज्वर प्रवाह भो शरीरमा ।

जलले ढलको मल बगाएर लगेसरि,
ढलभित्र जलसँगै बग्दैछु म घरिघरि ।

दर्शन आदर्श सिद्धान्त माटोमै धुलिसात भो,
कुराले भिजेन चिउरा नीजी बिचार मौलियो ।

गुप्तनगरको, लुप्त गाउँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x