साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तारकेश्वर धामनेर फुटाएर एक मुठ्ठी आक्रोश

बुर्जुवाहरू स्कुटी चढेर सिंहदरबार लागेपनि कसरी फेरिन सक्छ जनताको बलिदान गर्ने चाह कहिलेकाही यस्तै भावुक बहस गर्छ ।

Nepal Telecom ad

अघाएकाहरू आए
भोकाएकाहरू आए
आन्दोलनकारीहरू आए
गुप्तचरहरू आए
चाइना नाकाका प्याज व्यापारी आए
पुजारी आए
ज्योतिष आए
वकिल आए
भरिए प्लास्टिकका कुर्सीहरू
गुम्बानेरको चिया पसल
बन्यो बुलन्द अखडा
भर्खरै तीज गीतमा खेलेको मोडेलले
चिनायो आफूलाई नव कलाकारको पदवीसहित
माछापोखरीबाट चियाको तलतल मेटाउन
आए इतर जिल्लाबासी उद्योगी मित्र
राजनीतिकबाट थाकेका राजन दाइ
तारकेश्वरधाममा सप्ताह लगाइरहे
रक्सीबाट थाकेका ओरिल दाइले
पुराना कहानी सुनाइरहे
पत्रकार गोर्कण बरालहरू
चिया झैँ ताता बहस छेडिरहे
बुलन्द बन्यो वैरागी समय
आगो , आन्दोलन , कविताहरू
जग्गा , सेयर बजार र प्रचण्डपथका थोत्रा ट्याक्सीहरू
बयल गाडा , रोटेसन अफ नेपाल बन्द अनि सामाजिक संजालको धमकाहरू
कमरेड आहुतीको अर्राष्ट्रिय अन्तरबार्ता
र संसदलाई नै हलाउन सफल मकै पोल्ने दिदिको अनुहार
चियाका गीलासमा उभिन तयार छ्न यतिखेर
देशको सिङ्गो तस्वीर
एउटा मानिस केका लागी बाँच्छ
रुसी साहित्यको पाठक अलमल छ
संशोधनवादवाद तुवाँलो लागेपछि
अक्टोबर रिभुलेसन भुल्न थालेका छ्न मानिसहरू
चेखवका कथा र अजम्बरी गाउँ
झोलामा भेटिनुपर्ने समय
लालपुर्जा झोलामा हालेर कस्तो क्रान्ति गर्छौ कमरेड ?
बालुवाटार बालुवा जस्तो खस्रो चेहरा बिक्री गरेर
कसरी जन्मिन्छ्न लेनिनहरू
बुर्जुवाहरू स्कुटी चढेर सिंहदरबार लागेपनि
कसरी फेरिन सक्छ जनताको बलिदान गर्ने चाह
कहिलेकाही यस्तै भावुक बहस गर्छ
कोही
लाग्छ भोको ज्वाला निभाउने उद्यमतिर
कुनै उराठ दिन
हामी पिरहेछौ
बिष्णुमति किनारमा एक कप चिया ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x