साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुसाको आन्दोलन

बिरालोलाई भान्सामा दूध चाहिन्छ । दूध छ भने मुसा मार्न बिर्सने बिरालोले समाजलाई आफ्नो कब्जामा लिएर मुसालाई छाडा राखेका कारण मुसाले आन्दोलन गर्ने मोका पाएको हो ।

Nepal Telecom ad

मुसा सधैँ हामीलाई भुमिगत बसेर पिरोल्ने जन्तु भए पनि यसले हामीलाई होशियार बस्न संकेत गर्छ । मुसाको आन्दोलन चलिरहँदा हामी सधैँ चनाखो हुने हो भने र यसका सन्तानका विरुद्धमा अभियान चलाउने हो भने मुसाको सम्मेलन तुहिन सक्छ । सवार्थले भरिएको मुसाको आन्दोलन र सम्मेलनले हामी घरदेखि वनसम्म आजित भएका छौँ । उदरानन्द भुँडे गणेशजीको निर्देशनकै कारण मुसाले आफ्नो गतिविधिलाई यसरी राष्ट्रिय अन्तराष्ट्रियस्तरसम्म आफ्नो हैकम जमाउन सफल भएको हुनु पर्छ ।

गृहिणी भित्र्याउन र सन्तानोत्पादन गर्न विश्वमै नाम कहलिएको मुसाले हामी नेपालीका बिचमा उहिलेका वामपन्थी जन्तु भनेर चिनिएको छ । अहिले त वामपन्थीहरू सार्वजनिक भएर बसेका छन् । तर केही भने आफूलाई सार्वजनिक रूपमै अर्ध भूमिगत भएको घोषणा गर्न लाज मान्दैनन् । त्यस्तै अर्ध भूमिगत जस्तो लाग्ने मुसाले हामीले लुकाएर राखेको सम्पतिदेखि भान्सासम्म पुगेर उपद्रो गर्न सक्ने हैसियत राख्दछ । हाम्रो भण्डारभित्र नपस्ने हो भने गणेशजकिो उदरभित्र नै मुसा दौडन थाल्छ । गणेशजीको अङ्गरक्षकका रूपमा चिनिएको मुसाको आन्दोलन यतिबेला आफ्नो व्यक्तिगत स्वार्थमा चुलिएको स्पष्ट छ ।

मुसा कोही महाराजा भएका छन् । कोही राजा त कोही मन्त्री तन्त्री खन्त्री समेत भएका छन. । मुसाका नेता कार्यकर्ता भूमिगत भएर आफ्ना महाराजा राजाहरू पाल्न लागि परेका छन् । देशको जुनसुकै भागमा पनि प्वाल पारेर लुटी खान, चोरी खान पल्केका मुसाहरू यो वषाृको समयमा बढी चलमलाउछन । मंसिर पुषको समयमा घर, गोठ, धान खेततिर बढी रमाउँछन । वर्षाका समयमा धान खेततिर पानी हुने भएकोले सुख्खा ठाउँ कता छ त्यतैतिर मल्खु खान र मल्खु कसरी तयार हुन्छ त्यसको उपाय खाजीमा लागेका हुन्छन । हिउँदका समयमा मुसाहरू जहाँ जहाँ गयो त्यही त्यही विहे गरेर सन्तान उत्पादनमा अत्यन्त लगनशील भएर लाग्छन् । भनौ यो मुसाहरूको मौसमी आन्दोलन हो भन्दा फरक पर्दैन ।

भान्सामा बिरालोको उपस्थिति छैन भने मुसाको रजाइँले सिमा नाघेर महाभारतको युद्ध झैँ हुन्छ । बिरालोलाई भान्सामा दूध चाहिन्छ । दूध छ भने मुसा मार्न बिर्सने बिरालोले समाजलाई आफ्नो कब्जामा लिएर मुसालाई छाडा राखेका कारण मुसाले आन्दोलन गर्ने मोका पाएको हो । मुसाहरूले पहिले पहिले गरेको भूमिगत आन्दोलनको रहस्य यतिबेला आएर स्पष्ट भएको छ । भनौँ मुसाहरू स्वार्थमा लिप्सिएर पद प्रतिष्ठाकालागि आन्दोलित भएका रहेछन् भन्ने कुरा सबैले बुझ्ने अवसर पाएका छन् । भनौँ नेपालमा आन्दोलित मुसाहरू मिठो मसिनो खानकालागि मरिहत्ते गरिरहेका छन् । कतिपय मुसा मिठो मसिनो पाएपछि चुप लागेका छन् ।

हिड्ने बाटो फरक फरक भएका यि मुसाहरूको आर्थिक क्रान्तिको पाटो पनि परक छ । भूमिगत रूपमै आर्थिक, कृषि, सामाजिक, राजनीतिक, साँस्कृतिक क्रान्ति गर्न सफल मुसाहरू भुसमा आगो लगाएर बोराभित्र लुक्छन् । हिजो त्यसै गरेको थिए मुसाहरूले समाजमा । अरुभन्दा पनि यि मुसाहरू अहिले भूमिगत रूपमा आर्थिक उपार्जनमा निकै अगाडि रहेका छन् । पहिलेको भूमिगत अवस्थामा पनि आर्थिक पाटोमा बाटो घाटो नै उनीहरूकै थियो । अहिले देखागत रूपमा नै आर्थिक पाटोलाई जीविकोपार्जनको बाटो बनाएका छन् ।

प्रधानमन्त्रीको कार्यालयदेखि प्रदेश हुँदै स्थानीयस्तरको पालिकासम्म मुसाहरूको योगदानले आर्थिक संकट निम्तिने संकेत देखापरेको कुरा भित्रैदेखि देखिने गरी पारदर्शी भएर बाहिर निस्किएकै हो । यि मुसाहरूले भित्रभित्रै कागज काटेर रुपैयाँमा परिणत गरेको कुरा आन्दोलनका क्रममा हाम्रो कानसम्म नपुगेको होइन ।

सत्य र तथ्य कुरा गर्ने हो भने हामी मुुसाको साम्राज्यमा पिल्सिएकाछौँ । अस्ती हिजो र आज पनि मुसाकै दलबलभित्र चोवलिएर आर्थिक उन्नति गर्न सकिरहेका छैनौँ । बलतलले अलिअलि जम्मा गर्‍यो मुसाले लगिहाल्छ ।

निर्वाचनपछि भूमिगत भैरहने यि मुसाहरूले आफ्ना सन्तान दरसन्तानकालगि जम्मा गर्ने नाममा कहाँ कहाँ लगेर राखे त्यसको अत्तो पत्तो नै छैन् । खोजी गर्ने निकाय नै मुसाको गोजीभित्र पसेर बसेपछि त्यहाँ सदाचारको अचारले बिचार गरिरहेको हुन्छ । मुसाको अत्याचार सदाचारमा परिणत भैरहेको समयमा हामीले उसको बिरोध गर्नु नैतिकहीन कुरा हुने हुँदा अबदेखि भ्रष्टाचार नै समाप्त हुने छ भन्नु चाहिँ बिसै आना ताना बाना हो भन्न सकिन्छ ।

इमानी मुसाहरूको भिडमा हामी बसेका छौ । हाम्रो माग प्रति मुसाहरूको अत्याचारी योगदानले अर्थतन्त्रमा भएको परिवर्तनका कारण हामी नाङ्गो हुँदै गएको सत्य तथ्य सर्वत्र चासोको विषय बनेको छ । यस्ता इमानी मुसाहरूको संगतले यो देशका जनता, रैती, नेता, कार्यकर्ता सबै सम्पति बिहीन महाधनीका रूपमा गनिन थालेको कुरा पनि म यहाँ भन्न र लेख्न छुटाउदिन ।

बिचरा मुसाहरू बिरामी हुँदा भूमिगत भएरै मुसे सरकारबाट उपचार खर्चको जोहो ओहो भन्दै गर्छन र गोजी र झोली भर्दै भोलि भेटौला अरु मुसाको पेट रेटौला भन्छन । ढाडे बिरालो दूध भातको खोजीमा ठूला मुसाको गोजीमा पसेपछि साना मुसाले पनि त जीविकोपार्जनका लागि केही न केही त गर्नु पर्‍यो । नक्कली बिरामी भएर पनि यि मुसाहरूले आर्थिक क्रान्तिमा ठूलो योगदान गरेको कुरामा म चाहिँ असहमतीका अल्छे कुरा गर्न जागरिला मुसाका अघि जान्दिन । यो देश नै सदियौँदेखि मुसाले चलाएका कारण देश सधैँ चलायमान भैरहोस् । मुसाका बथान थपिदै जाउन । जय मुसा राज्य । जय मुसा अभियान । जय मुसाको आन्दोलन ।

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x