साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गौँथली गुँडबाट एक सम्पादित प्रसारण

ब्याख्यात्मक टिप्पणीहरूलाई बदनाम गर्न आगो जस्तो उम्लिरहेको पुर्वको क्षितिज हेर बग्दै गरेको ज्वालामुखीको नदी हेर सम्हाल गौथली टावरलाई ।

Nepal Telecom ad

क्रान्तिको लहर बोकेर
शहरमा बिद्रोह गर्न आएका कमरेडले
जोडेका छन
सानो गौथलीको गुड
नाकै सामुन्ने छ
नागार्जुन पर्वत
जस्लाइ हेरेर
कस्तो भाव भङ्गिमा कोरल्ने
गौथली गुडमा कठिनाइ छ
भोकै बस्नेहरू खराब
अघाउनेहरू असल
चिया खानेहरू कमसल
सेकुवा खानेहरू असल
रोल्पा दुर्लभ गाउँ
सानेपा असल वस्ती
गौथली गुडमा गोप्य छलफल चल्छ
असली गौथली कस्तो हुन्छ
अनबिज्ञ अनुहारहरू प्रदर्शन हुन्छ
अरब पसेका मजदुरहरूको आँसुलाई
नयाँ व्यबस्थाको जल छर्केर
बानेश्वरमा नारा लगाउने उहीँ
डिभि भरेर राष्ट्रिय झण्डा हल्लाउने उहीँ
गौथलीको गुड उहीँ
गौथली टावर उहीँ
कस्तो बिडम्बना
धामीको लुगा लगाएका डाक्टरहरूले
बेचेको जडिबुटीले
देश थला छ
तर गौथलीको गुड शान्त छ
बागबजारमा द्वन्द्वात्मक भौतिकवादको क्लास सक्काएर
पशुपतिको आरती हेर्ने आँखाहरूलाई
सम्बोधन गर्ने कुनै श्लोकहरू छैनन
क्लास बिभाजनको क्लासमा
ब्याख्या गर्ने कुनै बौद्धिकता छैन तपाईं सामु
लेनिनलाई
भित्तामा टासेर
अक्टोबर क्रान्ति हुँदैन मान्यवर
साउनमा हरियो बस्त्र भिरेर
खुशी हुँदैन देवादीदेव महादेव
गौथलीको सानो बिम्ब ढोकामा टासेर
यो नामुद टावर होचो हुँदैन कमरेड
देशलाइ रुघा लाग्दा
देशलाई हाछिउँ आउँदा
तिम्रा जोशहरू औषधि हुँदैनन् भने
छोड गौथली टावरबाट
ब्याख्यात्मक टिप्पणीहरूलाई बदनाम गर्न
आगो जस्तो उम्लिरहेको पुर्वको क्षितिज हेर
बग्दै गरेको ज्वालामुखीको नदी हेर
सम्हाल गौथली टावरलाई ।

००

रसुवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x