साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘मदन पुरस्कार’का लागि उत्कृष्ट छनोटमा आठ कृति

‘मदन पुरस्कार-२०७८’का लागि उत्कृष्ठ आठवटा पुस्तक छनोट गरिएको छ । मदन पुरस्कार गुठीले प्राप्त दुई सय ९९ पुस्तकबाट आठवटा उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरेको हो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ साउन २३ ‘मदन पुरस्कार-२०७८’का लागि उत्कृष्ठ आठवटा पुस्तक छनोट गरिएको छ । मदन पुरस्कार गुठीले प्राप्त दुई सय ९९ पुस्तकबाट आठवटा उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरेको हो ।

पुरस्कारका लागि डा. नवराज लम्सालको ‘अग्नि’, डा. दामोदर पुडासैनी ‘किशोर’को ‘ग्रीष्मको नीलो बतास’, बसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, प्रा.नीलमणि ढुंगानाको ‘संस्कृत-नेपाली शब्दकोष’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘हिति प्रणाली’ उत्कृष्ट आठमा परेका छन् ।

बढीमा १० पुस्तकको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई आठ पुस्तकको नाम उपलब्ध गराएको हो । यीमध्ये एकले ‘मदन पुरस्कार-२०७८’ पाउनेछन् ।

२०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह’ पुस्तकबाट भगिराज इङ्नामले पाएका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x