साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश चलाउने काम

देश चलाउँदा कुर्सीले आफूतिर तान्ने, घरका दाजुभाइले खुट्टा तान्ने र छिमेकीले मुन्ट्याउने चाहिँ किन हो बुझ्न सकिँदो रहेनछ ।

Nepal Telecom ad

पुग नपुग चार वर्षदेखि नाराजुलुस, धर्ना आदि गरेर अस्पताललाई कायल पारिसकेका थिए बिरामीका आफन्तहरूले । कि सास कि लास देखाऊ भन्ने उनीहरूको माग थियो ।

हुन पनि हो । व्याधिग्रस्त मस्तिष्कलाई झिकेर विदेशको प्रयोगशालामा पठाई उचित मरम्मत गरेर ल्याइराखेको पनि चार वर्ष लगभग भयो तर बिरामीको अत्तोपत्तो छैन । पानीझैँ पैसा बग्यो । निराशा र व्याकुलताले सीमा नाघ्यो ।
अबको उपचार नाराजुलुस, बन्द हडताल, धर्ना, चक्काजाम, टायर बाल्ने, राँको बाल्ने, ढुङ्गा हान्ने, तोडफोड नै त हो । सृजनात्मक समाधान कहाँ सस्तो छ र यस मुलुकमा । त्यतै लागे बिरामीका आफन्तहरू । आखिर ठुलाले सिकाएकै यही हो । बरु पलायन सजिलो उपाय हो । कतिले त पलायन पनि गरिसकेका थिए ।

अचानक रोगी हस्पिटलको आफ्नै बेडमा देखियो । आफन्तका मुखमा झरीपछिको घाम जस्तै हाँसो देखियो । हस्पिटलले सन्तोकको सास फेर्दै बिरामी जिम्मा लगायो । पत्रकार बिरामीको अन्तर्वार्ता लिन खनिए । पत्रकारहरूले सोधे—

बिरामी मान्छे यतिका वर्ष कता हुनुहुन्थ्यो ?
उत्तर— काममा गएको थिएँ ।
प्रश्न— मस्तिष्क नै नभईकन कस्तो काम गर्नुभयो त ?
उत्तर— जानेको र सकेको ।
प्रश्न— कुन काम जान्नुभएको थियो र मस्तिष्कबिनै गर्न सक्नुभयो ?
उत्तर— देश चलाउन त सकेँ नि ।
प्रश्न— किन फिर्ता आउनुभयो त ?
उत्तर— मंसिर ४ को होमवर्क गर्न ।
प्रश्न— अन्तमा सबै पाठक दर्शकलाई केही भन्नु छ कि ?
उत्तर— छ नि, देश चलाउँदा कुर्सीले आफूतिर तान्ने, घरका दाजुभाइले खुट्टा तान्ने र छिमेकीले मुन्ट्याउने चाहिँ किन हो बुझ्न सकिँदो रहेनछ ।
बुझ्ने मस्तिष्क त हस्पिटलमै रह्यो अर्काकै लगाएर बुझ्न खोजेको तर ऊ पनि म जस्तै रहेछ ।

०००
कपन, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x