साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौली बा

बाँसको टुप्पो छर्लक्कै छिन्यो । बुढा बाले समातेको छोड्न नभ्याउँदै बाँस हुत्तिँदै सोझियो । बा त फित्कौलीले हानेकाे मट्कोयाङ्ग्राे जस्तै उछिट्टिएर पर हुत्तिए ।

Nepal Telecom ad

तिलकप्रसाद लुइटेल :

मोबाइलको चार्ज घटेर चल्न छोडेपछि जयमङ्गल घरायसी कामतिर लाग्छन् । आज पनि चार्ज सकिएर मोबाइल थला बसेपछि दशैँमा चलाउने खुकुरी कम्मरमा भिरेर उनी खेतबारीमा पुगे ।

रातिको हावापानीले होला भलुका बाँस नुहिएर टुप्पाले फूल खेल्न लागेको धान अलिकति थिचेछ । भलुका बाँस यहाँहरुलाई थाहै होला । निकै गह्रुँगो वस्तु पनि जुरुक्कै उचाल्न सक्छ ।

नेपालका परिपक्व नेताहरुकै चेला हुन् जयमङ्गल । मुलुकलाई धर्मनिरपेक्ष बनाउँदा पूरै कायापलट हुन्छ भन्थे । दुनियाँले नगर भन्दा भन्दै गराइछाडे तर बीसको उन्नाईस पनि भएन बरु अझै कलह भित्रियो ।

तीन तहका सरकार बनाउँदा चाहिँ मुलुकले अनुहारै फेर्छ सबैले सुख पाउँछन् भने र त्यसै गरे । त्यसले पनि महँगी नै चुलियो फलिफाप केही भएन ।

उसरी नै एमसिसी पास गर्दा त पक्कै मुलुक स्वर्ग समान हुन्छ भन्न थाले । लोकले विरोध गरे तर नेताले गराइछाडे । आखिर त्यसले पनि कतै दुधको नदी बगेन ।

त्यस्तो अडकल लगाउँदा जयमङ्गल भने आफ्नो अक्किलमा चुक्तैनन् । उनले निकै बेर हेरेर गमे र बाँसको टुप्पो भारी भएर नुहेको हो यसलाई छिनाएपछि बाँस ठडिन्छ भन्ने ठम्याए । म आफू त सानै थिएँ त्यसैले भलुका बाँस छिनाउने बर्कत पुग्दैनथ्यो हेरेर मात्रै बसेँ ।

पूरनबाबु त्यतै नजिकै थियो । जयमङ्गल बाले उसैलाई गुहारे । ए पूरनबाबु म यो बाँसलाई अलिक तल तान्छु तिमी यो टुप्पो छर्लक्कै छिनाऊ है भने । जयमङ्गल बाको सेवा गर्ने मौका पूरनबाबुले पाएको किन छोड्थ्यो र ? आखिर बेलाबखत काम लाग्ने मान्छे हुन् । ऊ तयार भयो ।

मैले परबाट ए बा त्यसो गर्नु हुँदैन भनेँ । जनताको भनाइ नेताले नटेरे जस्तै गरी दुवै जना मतिर हेरेर गलल्ल हाँसे अनि बुढा बा बाँसको टुप्पोभन्दा ओल्तिर झुन्डिए । पूरनले दुई हातले खुकुरी मच्चाएर छप्कायो बाँसको टुप्पो छर्लक्कै छिन्यो । बुढा बाले समातेको छोड्न नभ्याउँदै बाँस हुत्तिँदै सोझियो । बा त फित्कौलीले हानेकाे मट्कोयाङ्ग्राे जस्तै उछिट्टिएर पर हुत्तिए ।

मेरा खुट्टा डरले थरर्र कामे तर बा धानखेतको हिलोमा गाडिएको मुख पुछ्तै उठेर भने हाम्रा नेताहरूको जस्तो असफल चिन्तन र योजना मेरो कहाँ हुन्छ ? यी बाँस ठाडो भयो, अब धान जोगियो ।

०००
कपन, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x