साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा सपना

कुनै थरी केटाकेटी भन्छन् सरकार चलाउन त पालै पालो मिल्छ अरे हामी पनि मिलेर पालो गरी गरी खेलौँ न । कुनै थरी भन्छन् हाम्रो भागमा परेको टुक्राको नाइके मलाई बन्न देओ अरुले जेसुकै गर ।

Nepal Telecom ad

तिलकप्रसाद लुइटेल  :

बा एउटै र आमा फरक भए पनि उनीहरु सानै सानै थिए साह्रै मिलेर खेल्थे । अस्ति अस्ति सधैँ मिलेर खेल्ने गरेका दाजुभाइ आज एकाबिहानै बाझाबाझ गर्न थाले । साँझ बा र आआफ्ना आमासँग बिलौना गर्न थाले । बा भित्र के सोच्थे त थाहा थिएन तर बाहिर देख्ता निम्छरो मुख लगाएर कहिले एक पत्नी र उनका बालबच्चालाई त अर्की पत्नी र उनका बालबच्चालाई हेर्थे । सबै थरी बालबालिकाका आमाहरु मायालु मुहारले आफ्ना छोराछोरी र विकराल मुख लगाएर उनीहरुका बाउतिर हेर्थे ।

दिति र अदितिका छोराहरूले समुद्र मन्थन गरेपछि अमृतको लुछाचुँडीमा मारामार गर्ने जस्ता ती सबै केटाकेटीको कचिङ्गल त्यही भकुन्डो विशेषमा रहेछ । सबैका आँखाको तारो त्यो भकुन्डो नेपालका नेताहरूका लागि सत्ता जस्तै थियो ।

बा साह्रै बाठा रहेछन् र अन्तमा उनले समाधान निकाले । त्यो समाधान केटाकेटीको वर्तमान र भविष्यमा कति हितकारी थियो त्यो त थाहा भएन तर बालाई भने कान पनि न्यानो हुने र केटाकेटीको घुर्चाघुर्ची खेल पनि हेरिराख्न पाइने ।

पहिले उनले भकुन्डो टुक्रै टुक्रा बनाए र सबैका समूहलाई भाग पुर्‍याए । त्यसपछि रडाको झन चर्को भयो । एक समूहमा एक टुक्रा तर सबैका हात हातमा पुगेन । आमाहरूलाई पनि आफ्ना छोराछोरीका भागमा एक टुक्रा परेकोमा सन्तोकै लाग्यो । बा खेल हेरेर बसेकै छन् ।

कुनै थरी केटाकेटी भन्छन् सरकार चलाउन त पालै पालो मिल्छ अरे हामी पनि मिलेर पालो गरी गरी खेलौँ न । कुनै थरी भन्छन् हाम्रो भागमा परेको टुक्राको नाइके मलाई बन्न देओ अरुले जेसुकै गर ।

झल्याँस्स ब्युँझदा बिहान भएछ । जम्मा एउटा सपना देखेको पनि कस्तो देखिएछ छ्याः राजनीति भत्केको अरे ।

०००
कपन, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x