साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्यमन्तक मणि अर्थात सुनको कथा

पण्डितले यसो भनेपछि केटाहरू- “लौ, गुरुलाई पुराणको कथा सुनाऊ भनेको त भ्रष्टाचारको कथा पो सुनाउन लाग्नुभएछ” भन्दै गलल्ल हाँसेर लाखापाखा लागे ।

Nepal Telecom ad

तिलकप्रसाद लुइटेल :

सत्यजितका गलामा स्यमन्तक मणिको हार थियो । उनी त्यसकै प्रभावले बाह्रवटा सूर्य जस्तै झलमल्ल उज्याला भएर हिँड्थे । त्यति प्रकाश मात्रै कहाँ हो र, त्यस स्यमन्तक मणिले त दैनिक आठ भार सुन पनि उत्पादन गर्थे अरे ।

गुरुका मुखबाट यति कथा के निस्केको थियो, केटाहरू “होइन, त्यो साँच्चैको सुन होला कि सुन जस्तै देखिने पहेँलो धातु होला ?” भन्दै कानेखुसी गरी हाँसे ।

गुरुलाई आजको कथा पूरा गर्नु थियो, अन्य गन्थनमा ध्यान दिएनन् । श्रद्धालु भक्तहरूलाई पनि झरीबादलको समय, घर पुग्न हतार थियो, कथा सुनिसक्नै चासो भयो । केटाहरूतिर उति कान दिएनन् ।

अक्रूर र कृतवर्माले सत्राजितको मणि खोस्न शतधन्वासँग मद्दत मागे । शक्तिशालीको आदेश अटेरी गर्नु हुँदैन । स्वयं भगवान श्रीकृष्णकै काका अक्रूर र अर्का नातेदार कृतवर्माको भनाइ अस्वीकार गर्न शतधन्वाले कसरी सक्थे र ? रातको समय पारेर शतधन्वा सत्राजितका घरमा मणि खोस्न गए ।

“शतधन्वा भनेका उनीहरूको आदेश पालन गर्ने जागिरे कि ट्याक्सी चालक होलान् है गुरु !” केटाहरूले गुरुलाई जिस्क्याउने सुर गरे । गुरुले आफ्नो सुर छोडेनन् ।

सत्राजितले शतधन्वाको प्रतिकार गर्न लागे । त्यो बेलामा सत्यभामा माइत आएकी रहिछन् । पिताका घरमा डकैती गर्न शतधन्वा पसेको देखेपछि उनले आफ्ना पति श्रीकृष्णलाई परिस्थितिको जानकारी गराउँदै खबर पठाइन् ।

यता शतधन्वाले सजिलै खोस्न नसकेर सत्राजितलाई मारे र मणि लिएर हिँडे । श्रीकृष्ण र बलराम घटनास्थल पुग्दा शतधन्वा मणि लिएर यही बाटो भागेका छन् भनी सत्यभामाले औँल्याइन् । कृष्ण बलरामले बाटो पछ्याउँदै गए ।

उता शतधन्वा- सत्राजितलाई मारेर मणि ल्याएँ, अब मलाई जोगाउनुहोस् भनी अक्रूर र कृतवर्माका शरणमा परे ।

अक्रूरले मणि यता लेऊ भनी मागे र, हामीले त मणि पो ल्याउनू भनी पठाएका थियौँ, ज्यानै हत्या गर्न कसले लायो ? जता भाग्छौ भाग र आफ्नो ज्यान जोगाऊ भन्दै गाली गरे र उनी काशीतिर लागे । त्यहाँ उनी सुन कमाउन लागे । कृतवर्मा पनि आफ्नो बाटो लागे ।

त्यही बेलामा कृष्ण र बलरामले शतधन्वालाई देखे र लखेट्ता लखेट्तै मारिए, तर उनीसँग स्यमन्तक मणि फेला परेन । यसरी श्रीमद्भागवत महापुराणको दसौँ स्कन्धको पैँसठ्ठीऔँ अध्यायको कथासार बताइयो ।

पण्डितले यसो भनेपछि केटाहरू- “लौ, गुरुलाई पुराणको कथा सुनाऊ भनेको त भ्रष्टाचारको कथा पो सुनाउन लाग्नुभएछ” भन्दै गलल्ल हाँसेर लाखापाखा लागे ।

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x