साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा छोराछोरी

हाम्रा छोराछोरी उम्दा अरू राख्छन् चासो थाप्न खोज्छन् हामी बूढाबूढीलाई पासो किनकिन वरपर सबै रमाउछ्न् चौतारीमा बसी हाम्रै कुरा सुनाउँछन् ।

Nepal Telecom ad

डिल्लीप्रसाद मुलतिहुन :

साह्रै उम्दा भए बाबै हाम्रा छोराछोरी
जो समुद्र तर्न जान्छन् आमा बाबु छोडी
चील जस्तै आकाशमा उडी जान्छन् पर
पर पुग्दा बिर्सी सक्छन् आफ्नो गाउँ घर ।

गर्न जान्छौँ हामी भन्थे डलरको खेती
के भने के राम्रोसँग बुझिएन त्यति
पैसा कमाउँछौँ भन्न नजानेर होकी
उम्दा बन्न वारि बेची हिँडे झोला बोकी ।

खै के हुन्छ हामीलाई रमाउन थाल्छौँ
छोराछोरी उम्दा भए भन्दै हिंडी हाल्छौँ
अति धेरै फुर्किएको बगैंचामा झार
हिजो मार्थ्यौं उखेलेर लौ त आज मार ।

अब हामी रुँघ्छौँ आफ्नो मझेरी र पिँढी
बुइँगलमा जान खोज्दा हेप्न खोज्छ सिँढी
हिँड्नु पर्ने छोराछोरी तिमीहरू हैन
भन्छ घर हाम्रो चित्त खै बुझेकै छैन ।

हाम्रा छोराछोरी उम्दा अरू राख्छन् चासो
थाप्न खोज्छन् हामी बूढाबूढीलाई पासो
किनकिन वरपर सबै रमाउछ्न्
चौतारीमा बसी हाम्रै कुरा सुनाउँछन् ।

क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x