डिल्लीप्रसाद मूलतिहुनहाम्रा छोराछोरी
हाम्रा छोराछोरी उम्दा अरू राख्छन् चासो थाप्न खोज्छन् हामी बूढाबूढीलाई पासो किनकिन वरपर सबै रमाउछ्न् चौतारीमा बसी हाम्रै कुरा सुनाउँछन् ।

डिल्लीप्रसाद मुलतिहुन :
साह्रै उम्दा भए बाबै हाम्रा छोराछोरी
जो समुद्र तर्न जान्छन् आमा बाबु छोडी
चील जस्तै आकाशमा उडी जान्छन् पर
पर पुग्दा बिर्सी सक्छन् आफ्नो गाउँ घर ।
गर्न जान्छौँ हामी भन्थे डलरको खेती
के भने के राम्रोसँग बुझिएन त्यति
पैसा कमाउँछौँ भन्न नजानेर होकी
उम्दा बन्न वारि बेची हिँडे झोला बोकी ।
खै के हुन्छ हामीलाई रमाउन थाल्छौँ
छोराछोरी उम्दा भए भन्दै हिंडी हाल्छौँ
अति धेरै फुर्किएको बगैंचामा झार
हिजो मार्थ्यौं उखेलेर लौ त आज मार ।
अब हामी रुँघ्छौँ आफ्नो मझेरी र पिँढी
बुइँगलमा जान खोज्दा हेप्न खोज्छ सिँढी
हिँड्नु पर्ने छोराछोरी तिमीहरू हैन
भन्छ घर हाम्रो चित्त खै बुझेकै छैन ।
हाम्रा छोराछोरी उम्दा अरू राख्छन् चासो
थाप्न खोज्छन् हामी बूढाबूढीलाई पासो
किनकिन वरपर सबै रमाउछ्न्
चौतारीमा बसी हाम्रै कुरा सुनाउँछन् ।
क्रमशः
०००
चाँगुनारायण, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































