साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कति मर्नु ?

वनमा कहिले घरमा कहिले मरिँदैछ हरे जहिलेतहिले म जताछु उता किन काल गयो अझ ज्यान लिने अनिकाल भयो ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

जिउँदो रहँदै किन ज्यान मर्‍यो
नमरी नहुने परिबन्ध पर्‍यो
कुन मार्ग पस्यो मनभित्र छुरा
कसरी कमलो मुटुभो टुकुरा ।१।

अतिचार दुख्यो सब अङ्ग गले
अनि नेत्र दुवै भरिए जलले
किन जीवन यो छरपस्ट भयो
जति श्वास चले पनि ज्यान गयो ।२ ।

कहिले दिउँसै पनि ज्यान मर्‍यो
अनि साँझ मर्‍यो र बिहान मर्‍यो
जब उन्नतिमा अवरोध भयो
कर पाउ चले पनि ज्यान गयो ।३।

कहिले ऋणमा पुरिएर मर्‍यो
र अभावहरू धुरिएर मर्‍यो
कसरी म भनूँ कति कष्ट भयो
सहँदा सहँदै पनि ज्यान गयो ।४।

घरका परका वरका जनले
अझ थिच्नु थिछे कति दुर्जनले
सहिसत्य कुरा पनि पाप भयो
अबराध बिना पनि ज्यान गयो ।५।

जति सेवक भो उति पल्ट मर्‍यो
अझ संकटमा उपकार पर्‍यो
अपराध सधैं बलवान भयो
जब पुन्य गर्‍यो तब ज्यान गयो ।६।

वनमा कहिले घरमा कहिले
मरिँदैछ हरे जहिलेतहिले
म जता छु उता किन काल गयो
अझ ज्यान लिने अनिकाल भयो ।७।

०००
मोलुङ-५ ओखलढुङ्गा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
लालबाबु पाेखरेल
लालबाबु पाेखरेल
3 months ago

हालत उस्तै उस्तै लाग्याे ।

Nepal Telecom ad
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सोझिनु किन ?

सोझिनु किन ?

डिल्लीप्रसाद मूलतिहुन
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
1
0
Would love your thoughts, please comment.x
()
x