साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाँडभैलो

छुद्र ग्रहको पीडा र मुलाको पाचन शक्तिका बिचमा ठेलागाडा वालाको देशसँग खासखास अन्तर थिएन । राजकाज थियो । मात्रै थियो । - “भाँडभैलो !”

Nepal Telecom ad

डा. विदुर चालिसे :

“जे आउँछ, मुलाले पचाउँछ !”

ओैषधी उत्पादन कम्पनीहरूमा निकै त्रास र तनाव फैलिएथ्यो । पाचक उत्पादक हजमोला जस्तन कम्पनीहरू निधारमा हात राखेर सुस्केराले निरास स्वरमा बर्बराइरहन्थे ।
– “पहाडिया मुलाले हाम्रो भाउ घटायो !”

ओैषधी एवं हजमोला कम्पनीको शिखर सम्मेलनमा मुलाको चर्किएको भाउ र बढेको गुणवता शक्ति देखेर तिनले मुलालाई नयाँ ब्राण्डको पेटेण्ट राइट स्वीकृति दिने सुविचार गरेर प्रस्ताव गरे ।
– “हाई प्रोफाइलको मुला !”

शिखर सम्मेलनमा पेटेण्ट राइट स्वीकृत गर्ने कम्पनीहरू एक दिन उनीहरू घुम्दै पहाडको बाटोतिर लागे । उनीहरूले त्यहाँ डोरीमा झुण्ड्याएको रातो मुलालाई देखेर ठेलगाडाको सब्जी व्यापारी छेउ गएर सोधे ।
– “यो के हो, साहुनी ?”
– “हाम्रो देशको जनताको भाग्य विधाता !”

कम्पनीका मालिक र त्यसका विशेषज्ञहरूलाई तिनको कुरा सुनेर अचम्म लाग्यो । शिखर सम्मेलनमा आयुर्वेद र ओैषधी विज्ञानलाई चुनौती दिएको मुलालाई ठेलागाडाका व्यापारीले झुण्ड्याएर राखेको देखेर उनीहरूले व्यापारीलाई फेरि सोधे ।
– “तपाईंको देशको जनताको भाग्य विधाता कसरी ?”
उनले नयाँ अनुहारका क्रेताहरूको अनुहार, भाषा र प्रश्नबाट तत्काल नयाँ अनुमान काड्दै भनिन् ।
– “यो छुद्र ग्रह हो !”

आयुर्वेद र आधुनिक ओैषधी विज्ञानका वैज्ञानिकहरू फेरि प्रयोगशालामा फर्केर अनुसन्धानमा निष्कर्ष निकाले ।
– “मुला त छुद्र ग्रह पो रहेछ !”
छुद्र ग्रहको पीडा र मुलाको पाचन शक्तिका बिचमा ठेलागाडा वालाको देशसँग खासखास अन्तर थिएन । राजकाज थियो । मात्रै थियो ।
– “भाँडभैलो !”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x