डा. विदुर चालिसेचारैतिर हमला
तै पनि उसमा दम्भ थियाे । भनिरहन्थ्याे । -"लाै हेरूँ त कसरी फुटाउँदा रहेछन् ।" आम आदमीहरूकाे मनमा एउटै प्रश्न थियाे । -"है न के बाेल्छ याे ? परमेश्वर पनि मरिसक्याे त ?"

डा.विदुर चालिसे :
आत्म प्रवन्जनामा छाेडिएकाे राष्ट्रवाद मर्थ्याे । निरासावादले उठेकाे आगाेले बकबक गरिरहन्थ्याे- साम्राज्यवादकाे अगाडि एउटा जाेकर र दुनियाँलाई नेवारी भनाइले ‘लाै छाेएर हेर त’ भनेर थर्काइरहन्थ्याे । सबै काँध थाप्थे र भन्थे ।
-“देश बचाऊँ !”
राष्ट्रवाद बारे पढे लेखेकाहरू समाजमा थिए, वीरपुरूषका सन्तान सबैले भन्थे । राष्ट्रवादकाे साँवा व्याज उहिल्यै भजाइसकेका आत्मा भड्किन्थ्याे । आतसबाजीमा बर्बराउँथे ।
-“हाे त नि !, बचाउनु पर्छ !”
सङ्कटकाे भुँवरीमा जब राष्ट्रवाद पग्लिन थाल्याे । यसकाे किला काँटा फुस्किन थाल्याे । तब भड्किएका आत्मा चिच्याउन थाल्थे ।
-“हिजाे हमला थियाे कि थिएन ?”
-“थियाे !”
-“अहिले हमला छ कि छैन त ?”
-“हमलाकाे पीडामा छु, कस्ताे कुरा नबुझ्ने स्वाँठहरू रहेछन्।”
-“त्यसाे भए भाेलि हमला हुन्छ कि हुँदैन त ?”
-“के म जाेतिस हाे र ? यसकाे जवाफ दिऊँ !”
एउटा जीर्ण शरीरकाे पीडा गायक बाैरिरहन्थ्याे र भिखारीझैँ प्राचीन हाेमरका गाथा आत्मग्लानीका साथ बर्बराइरहन्थ्याे- ‘इलियड’ एवं ‘ओडेसी’का कथा ! उसकाे बर्बराइमा नेपाली लाेक गीतकाे एउटा सार थियाे।
-“उडि जाउँ भने म पन्छी हाेइन, यहाँ बस्न त मन छैन !”
फेरि बर्बराउँथ्याे ।
-“चारैतिर हमला छ, यस्ताे बेलामा पनि म कसरी ? राष्ट्रवाद छाेड्न सक्छु ?”
उसकाे कसैप्रतिकाे रिस मरेन तरपनि राष्ट्रवाद नित्सेकाे जस्तै ईश्वर उसकाे मरिसकेकाे थियाे । त्यसपछि एकदिन उसले राष्ट्रवादलाई टुक्रा टुक्रा पारेर चिर्याे, कुच्यायाे, चेप्ट्यायाे र भन्याे ।
-“चारैतिर हमला छ ! नकुच्याए आफै कुच्चिन्छु, गर्नु के त ?”
तै पनि उसमा दम्भ थियाे । भनिरहन्थ्याे ।
-“लाै हेरूँ त कसरी फुटाउँदा रहेछन् ।”
आम आदमीहरूकाे मनमा एउटै प्रश्न थियाे ।
-“है न के बाेल्छ याे ? परमेश्वर पनि मरिसक्याे त ?”
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































