साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चारैतिर हमला

तै पनि उसमा दम्भ थियाे । भनिरहन्थ्याे । -"लाै हेरूँ त कसरी फुटाउँदा रहेछन् ।" आम आदमीहरूकाे मनमा एउटै प्रश्न थियाे । -"है न के बाेल्छ याे ? परमेश्वर पनि मरिसक्याे त ?"

Nepal Telecom ad

डा.विदुर चालिसे :

आत्म प्रवन्जनामा छाेडिएकाे राष्ट्रवाद मर्थ्याे । निरासावादले उठेकाे आगाेले बकबक गरिरहन्थ्याे- साम्राज्यवादकाे अगाडि एउटा जाेकर र दुनियाँलाई नेवारी भनाइले ‘लाै छाेएर हेर त’ भनेर थर्काइरहन्थ्याे । सबै काँध थाप्थे र भन्थे ।
-“देश बचाऊँ !”
राष्ट्रवाद बारे पढे लेखेकाहरू समाजमा थिए, वीरपुरूषका सन्तान सबैले भन्थे । राष्ट्रवादकाे साँवा व्याज उहिल्यै भजाइसकेका आत्मा भड्किन्थ्याे । आतसबाजीमा बर्बराउँथे ।
-“हाे त नि !, बचाउनु पर्छ !”

सङ्कटकाे भुँवरीमा जब राष्ट्रवाद पग्लिन थाल्याे । यसकाे किला काँटा फुस्किन थाल्याे । तब भड्किएका आत्मा चिच्याउन थाल्थे ।
-“हिजाे हमला थियाे कि थिएन ?”
-“थियाे !”
-“अहिले हमला छ कि छैन त ?”
-“हमलाकाे पीडामा छु, कस्ताे कुरा नबुझ्ने स्वाँठहरू रहेछन्।”
-“त्यसाे भए भाेलि हमला हुन्छ कि हुँदैन त ?”
-“के म जाेतिस हाे र ? यसकाे जवाफ दिऊँ !”

एउटा जीर्ण शरीरकाे पीडा गायक बाैरिरहन्थ्याे र भिखारीझैँ प्राचीन हाेमरका गाथा आत्मग्लानीका साथ बर्बराइरहन्थ्याे- ‘इलियड’ एवं ‘ओडेसी’का कथा ! उसकाे बर्बराइमा नेपाली लाेक गीतकाे एउटा सार थियाे।
-“उडि जाउँ भने म पन्छी हाेइन, यहाँ बस्न त मन छैन !”
फेरि बर्बराउँथ्याे ।

-“चारैतिर हमला छ, यस्ताे बेलामा पनि म कसरी ? राष्ट्रवाद छाेड्न सक्छु ?”
उसकाे कसैप्रतिकाे रिस मरेन तरपनि राष्ट्रवाद नित्सेकाे जस्तै ईश्वर उसकाे मरिसकेकाे थियाे । त्यसपछि एकदिन उसले राष्ट्रवादलाई टुक्रा टुक्रा पारेर चिर्याे, कुच्यायाे, चेप्ट्यायाे र भन्याे ।

-“चारैतिर हमला छ ! नकुच्याए आफै कुच्चिन्छु, गर्नु के त ?”
तै पनि उसमा दम्भ थियाे । भनिरहन्थ्याे ।
-“लाै हेरूँ त कसरी फुटाउँदा रहेछन् ।”

आम आदमीहरूकाे मनमा एउटै प्रश्न थियाे ।
-“है न के बाेल्छ याे ? परमेश्वर पनि मरिसक्याे त ?”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x