साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपहारको भारी

छिमेकीले दिएको उपहार अत्यन्तै भारी रहेछ । बलिया युवा जति छिमेकतिरै छन् । उपहार बोकेर ल्याइदिने मान्छे नभएपछि सानो छरितो ट्याक्टर खोजेर त्यसमा नै ल्याउने निधो भयो ।

Nepal Telecom ad

तिलकप्रसाद लुइँटेल :

बोलाउने नाम र न्वारानको नाम फरक हुनुपर्छ भन्ने उनीहरूकातिर रहेनछ क्यार । त्यसैले न्वारनमै राखेको नाम उनले चलाएका छन् । यो जयमङ्गल नामलाई आफ्ना पौरख र सिपले सफल बनाएरै राखेका हुन् । त्यसैले यो नाम उसै पाएकाे होइन रहेछन् भन्ने अहिले घाम जत्तिकै छर्लङ्ग भएको छ ।

कलब्रेक खेल्नमा नै उनले आफ्ना नामको सफलता पाएका छन् । सत्ताको राजनीतिमा भीष्म पितामह बनेका हाम्रा नेताहरूले जस्तै सफलता पाएका छन् । त्यसैले वृद्ध नेताले पार्टीको आदर्श पालन गरे जस्तै कलब्रेकको अनुशासन उनका जीवनको सान भएको छ । विदेश भ्रमण भन्दै बाहिर देश जाने हाम्रा वृद्ध नेताहररूलाई छिमेकीसँग बोल्न र आफ्नो कुरा राख्न सकेनन् भन्ने आरोप लगाएको सुनिन्छ तर ती देशमा हार्न नजान्ने नै हुन् र उनको सफलता पनि त्यसमै निहित छ ।

त्यसैले आफ्ना नेताको कुरा काट्न खासै रहर नलागेर जयमङ्गलतिरै फर्कन मन लाग्यो । आखिर उनी पनि त उस्तै हुन् । घरभित्रको कलब्रेक खेलमा त कहिले हारेका छन् र सधैँका विजयी उनी नै । त्यही भएर उनको नाम जय भएको हो । छिमेकमा वा बाहिरका साथीहररूसँग खेल्दा पो कहिल्यै जित्न सक्दैनन् र अरुको मङ्गल हुन्छ । त्यही घरको जय र बाहिरको मङ्गल जोडिएर बनेको उनको जयमङ्गल नाम सार्थक छँदै छ ।

बारम्बार आफूलाई मङ्गल गराउने भएपछि हिजोअस्ति उनलाई छिमेकीले उपहार दिने प्रस्ताव गरे । कलब्रेक भ्रमणमा जस्तै पाउने उपहारमा पनि उनलाई कुनै कुराले अरुचि हुँदोरहेन छ । उपहार लिन मञ्जुर गरे । छिमेकीले दिएको उपहार अत्यन्तै भारी रहेछ । बलिया युवा जति छिमेकतिरै छन् । उपहार बोकेर ल्याइदिने मान्छे नभएपछि सानो छरितो ट्याक्टर खोजेर त्यसमा नै ल्याउने निधो भयो ।

त्यसो त जयमङ्गल आफैँ पनि ठुलो जिउकै थिए र उपहारको भारी पनि गहकिलै थियो । ट्याक्टरले दुवै जनाको भारी नथाम्ने भयो । कि त मान्छे मात्रै कि त उपहार मात्रै ट्याक्टरमा राख्नुपर्ने भयो । जयमङ्गल अत्यन्तै बुद्धिमान थिए । उनले जुक्ति निकाले । आफू पहिले थपक्क ट्याक्टकरमा बसे अनि ट्याक्टरलाई भारी नथपियोस् भनेर उपहारको भारी आफ्नै काँधमा हालेर ल्याउँदै थिए ।

०००
कपन, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x