सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धन्य नेपाल मेरो

लड्दा हारी चुनावी पथ अघि नसकी सत्रका सत्र पल्ट थन्केका व्यक्तिलाई चटपट दलले माथि लान्छन् सरक्क हत्याराको सुरक्षा कवच बनिदिने राष्ट्रका मुख्य हुन्छन् मै नै गर्ने हुँ रक्षा नियम सब भनी भन्दछन् ती यहीँ छन्।

Nepal Telecom ad

रमेश खकुरेल :

हाँसोका सृष्टिकर्ता खुद विचलित भै आत्महत्या अँगाल्छन्
विद्वान्लाई उछिन्दै शठ अघि चुनिई नीति निर्माण गर्छन्
भट्टामा दाउराझैँ हुरुहुरु जिउँदै व्यक्ति हाली फुकिन्छन्
के भन्ने ठाउँ यस्तो पनि छ यदि कतै सोध नेपाल भन्छन् ।।

बूढाबूढी नसक्ने घरघर थलिई काल पर्खेर बस्छन्
बाँझो राखेर बारी युवक दिनदिनै देश छोडेर जान्छन्
पैसाको थाक झिक्ने जन पठितहरूबाट चातुर्य किन्छन्
के भन्ने ठाउँ यस्तो पनि छ यदि कतै सोध नेपाल भन्छन् ।।

आफ्ना मान्छे भएमा पदउपर कतै जेसुकै गर्नु हुन्छ
मुद्दा चल्छन् त के भो परिणति जुन होस् ढुक्क भै बस्नु हुन्छ
चाहे फाँसी मिलेको जन पनि जुन होस् माथिकाले निकाल्छन्
के भन्ने ठाउँ यस्तो पनि छ यदि कतै सोध नेपाल भन्छन् ।।

लड्दा हारी चुनावी पथ अघि नसकी सत्रका सत्र पल्ट
थन्केका व्यक्तिलाई चटपट दलले माथि लान्छन् सरक्क
हत्याराको सुरक्षा कवच बनिदिने राष्ट्रका मुख्य हुन्छन्
मै नै गर्ने हुँ रक्षा नियम सब भनी भन्दछन् ती यहीँ छन्।।

०००
कमलपाेखरी, काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
जुठो हाड खाऊ

जुठो हाड खाऊ

रमेश खकुरेल
बिजुली पानी

बिजुली पानी

रमेश खकुरेल
म त भार भएँ

म त भार भएँ

रमेश खकुरेल
छेपारोको कथा

छेपारोको कथा

राजेन्द्रप्रसाद अधिकारी
सन्तान थरीथरीका

सन्तान थरीथरीका

खोलाघरे साहिँलोे
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन