साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्तामा देख्दछु किन ??

निकम्मा मनको लाम निकम्मा तनको छत कुहेका काठझैँ मेरो परिवेश छ लत्पत ! डुङ्ग गनाउँने टाढै धुवाँ फोहरको बनी यिनै गिध्द पुजी बस्छन् सडेका भोटका जुनी !!

Nepal Telecom ad

कलानिधि दाहाल :

रङ्गीन रङ्गका स्वाँगे सत्ता खल्ला सधैँ किन
कुर्सी लालचका ग्वाँगे यता चल्ला हुने किन ?
विनाचप्पलका भाङ्ग्रे नाङ्गा आङ चिथोरिने
गजक्क पुगी सत्तामा साँढे साँढ लठारिने !!

फुर्ती तुक्का झिकी गर्ने चुच्चे नक्सा सजाउँने
अन्तर्वार्ता भए सामु आफ्नै स्वार्थ बजाउँने !
मोली पाउ उसैबाट चढ्ने अग्ला धरोहर
नपाए स्वार्थको पोल्टो निकाली छर्छ फोहर !!

अर्को साँढे यता आयो सुँघ्दै रगतका कर
भोको पेट निमोठेर सिध्यायो कतिका घर !
डुक्रेको अहिले देख्छु ऊ नै फुकेर फाँटमा
जनरक्त पिई मोटोघाटो ऊ नै छ आँटमा !!

सफाचट अझै गर्छु भन्दै डुक्रिन्छ ङुर्ङुर
उसकै शिरमा पाती चढ्छन् बाँनरका खुर !
रक्तधार उही बग्छ पुरस्कृत हुने उहीँ
साँढे साँढे जुधेका छन् पाउले कुल्चिदै मही !!

नबोली घोप्टिने अर्को पत्नी इसार सारमा
भ्रष्ट सर्बतको घोल पिउँदै छ हतारमा !
विक्री गर्न लगाएर अस्मिता जनजीवन
यता तुन्छ उता उन्छ भत्केको भित्रको मन !!

पीठमा चढी अर्काको अर्को स्वर सुसेल्दछ
एक पञ्जो छ औँलोको माझमा पसी खेल्दछ !
झुसे झाले र माले यी कङ्कडे कणर् कर्करे
यमराज उता ठेली अझ चर्का भई सरे !!

ठेक्का लिन्छन् तिनै पत्नी गाला पुत्र फुलाउँछन्
छ यो लहर लाखौँको आफैँमा गुल्गुलाउँछन् !
गमक्क पर्दछन् भूष थैलाझैँ हल्लिँदै यता
ब्वाँसेमुख महा छुद्र राल काढ्छन् जतातता !!

निकम्मा मनको लाम निकम्मा तनको छत
कुहेका काठझैँ मेरो परिवेश छ लत्पत !
डुङ्ग गनाउँने टाढै धुवाँ फोहरको बनी
यिनै गिध्द पुजी बस्छन् सडेका भोटका जुनी !!

माथि खराबका पाता छाना दुङ्ग गनाउँछन्
तल लर्बरका खाता आफैँ च्यात्ने बनाउँछन् !
गन्धमा गन्धको खेल अन्धराज सजाउँछ
परिवेश गरी बन्द ऊ नै खुट्टा घुमाउँछ !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x