साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन्मोत्सव

आफूभन्दा ठूलाको आशीर्वाद ग्रहण गर्ने जस्ता संस्कारमा हुर्केकाले केक काटेर रङ्गीचङ्गी पहिरनले सजिँदै अनावश्यक होहल्लामा आनन्द ठान्ने प्रवृत्ति नै जन्म उत्सव मनाउने प्रवृत्तिको विपरीत छ जस्तो लाग्छ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

जन्म र उत्सव शब्दको गठजोडबाट जन्मोत्सव शब्दले नेपाली समाजमा झन्डा फराएको पाइन्छ । ब्रह्माले मानवको सृष्टि गरेको खुसियालीमा जन्मोत्सव मनाउन थालिएको हो भन्ने यो मनुवालाई लाग्दछ। भगवानको पालादेखि पाखुरा सुर्केर मनाउन थालिएको जन्मोत्सवमा व्रत, तीर्थ र आरधना हुन्थ्यो भने अहिले व्रत, तीर्थ र आराधनालाई सिका लगाएर खाइदिने, लाइदिने, मातिदिने र उडाइदिने परम्पराले थाङ्ग्रो हाली हुर्कने चेष्टा गरेको पाइन्छ । यसको दोषी तपाईं म र ऊ बाहेक को नै होला र । अर्काको स्वार्थको लागि आफ्नो नश्ल छेदन गर्न पछि नपर्ने हामी बुद्धिमान हौँ कि पाखण्डी छुट्याउन मुस्किल परेको छ ।

हिजो आज मनाइने जन्मोत्सवमा घरमा पूजादेखि छिमेकीलाई भुजासम्म पुरोहितलाई दक्षिणा देखि भगवानलाई प्रदक्षिणासम्म गर्ने परम्पराको विकास भएको छ । ज्योतिषलाई हेराएर जन्मोत्सवको पूजा लगाउनु तम्सनु कुन आइतबार हो र । महङ्गीले किलकिले समाते पनि सुकेका आन्द्रा फुकाउने ध्याउन्नमा छन् कति । एक छाक जोगाउन भएपनि झोलामा उपहारको गुथुरो बोकी मान्छेहरू मन ह्याप्पी नभए पनि बाध्यताले ह्याप्पी हुँदै पुगिहाल्छन् किचनको परिकार विभागमा । जुत्ता खोलेर होस् वा हेल्मेट उचालेर ठेलमठेल गर्नु छ ढोकामा । कतिबेर सम्म बस्ने भनेर निर्कोल गर्ने जिम्मा नाकको हुन्छ। नाकले सबै रिपोर्ट बुझाएपछि मात्र मान्छेले बस्ने स्थान खोज्न थाल्छ । नभए हतार भएको निहुँ पारेर कुलेलम ठोक्ने गरेको मैले कति ठाउँमा देखेको छु ।

हामी कपाल तिलचामल भएकाहरूले थाहा पाउने जन्मोत्सव भनेको राजाहरूको मात्रै थियो । राजाको जन्म दिनमा हर्ष बढाई गर्नको लागि देशैभरि बिदा दिने चलन हुन्थ्यो । त्यही समयको सिको गर्दै नव धनाढ्य वर्गले नेपाली समाजमा यसको थमौती गरिदियो । अहिले स्थानीय सरकारले पनि मुख्यमन्त्री र पालिका अध्यक्षको जन्मदिनमा बिदा दिएको खबर बेलाबेला सुन्न पाइन्छ । यो हाम्रो भाग्य नै त होला नि । पाश्चात्य समाजबाट विकसित हुँदै झाँगिएको यो चलन नेपाली समाजमा ऐंजेरुको रूपमा जेलिन पुगेको छ ।

भटाभट उम्रेका अङ्ग्रेजी स्कुलको शुल्क तिर्न नसकेर ह्याप्पी नभएका व्यक्तिलाई पनि ह्याप्पी बर्थ डे भनेर सन्देश ठोकिदिन्छन् । अरु त अरु ऋण तिर्न नसकेर पासो लगाउन ठिक्क परेको बेला मोबाइलमा बैंकबाट ह्याप्पी बर्थडेको मेसेज टक्याएर ऋण तिर्न बाध्य पार्ने प्रयास भइरहेको छ कतिलाई ।

मन मनमा उत्सव भए महोत्सव हुन्छ भने जन जनमा उत्सव भए पो जन्मोत्सव हुन्छ । फेसबुकमा उज्यालो अनुहार पारेर विचित्रको तस्बिर राखे पनि मन उज्यालो पार्न सकिएन भने जन्मोत्सव मनाएको के अर्थ । मलाई लाग्छ प्रत्येक दिन मान्छेले आफ्नो जन्मदिन ठान्ने हो भने वर्षभरि दुःखी हुनै पर्दैन । म त्यसैको अभ्यासमा छु । बत्ती निभाएर ताली बजाउने संस्कार हाम्रो मौलिक संस्कार होइन । हामी त पूजापाठ गर्ने अष्ट चिरञ्जीवीको पूजा गर्ने भगवानको आराधना गर्ने आफूभन्दा ठूलाको आशीर्वाद ग्रहण गर्ने जस्ता संस्कारमा हुर्केकाले केक काटेर रङ्गीचङ्गी पहिरनले सजिँदै अनावश्यक होहल्लामा आनन्द ठान्ने प्रवृत्ति नै जन्म उत्सव मनाउने प्रवृत्तिको विपरीत छ जस्तो लाग्छ। अर्काकोमा गएर जन्मोत्सव मनाएपछि आफूले नबोलाउँदा मान्छेको मुख बाङ्गिएको याद तपाईंले गर्नुभएकै होला । यस्तो अनावश्यक खर्च गरेर मनाइने जन्मोत्सवले मान्छेको आर्थिक द्वार चाहिँ चुकुल नलगाई राखिदिन्छ । तसर्थ प्रत्येक समय महत्वपूणर् काम गरौँ अरुको भलो गरौँ । निन्दा नगरौँ । त्यसो गर्न सकियो भने प्रत्येक दिन नै मान्छेको जन्मदिन हुनेछ । समाजमा वैमनस्यता मासिँदै जाने छ अनि शान्त समाज बन्नेछ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Hari gautam
Hari gautam
1 year ago

good

Nepal Telecom ad
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
1
0
Would love your thoughts, please comment.x
()
x