साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्तान थरीथरीका

बिक्छन् सामान्य मान्छे घरिघरि सहजै भोटका लागि बिक्छन् बिक्छन् नेता र मन्त्री कमिशन र कुनै गूटका लागि बिक्छन् बिक्छन् खोला र नाला, जमिन, जन, चुरे स्वार्थका लागि बिक्छन् धेरै के भन्नुपर्ला छलसँग विधि वा न्याय औ नीति बिक्छन् ।

Nepal Telecom ad

खोलाघरे साहिँलो :

कोही छन्, मूर्ति चोर्ने अतिशय धनले पूणर् नै छन् तथापि
तृष्णाले गाँजिएको मन अझ तिनको बन्छ लोभी र पापी
थुप्राका माथि थुप्रो जतिजति थपियोस्,थप्न नै खोज्छ फेरि
मर्दा के साथ जाला क्षणिक छ दुनियाँ यत्ति हेर्दै नहेरी ।

कोही छन् राज्य ठग्ने कल छल बलले शक्तिमा जम्न खोज्ने
खप्तै दुर्नाम भारी, अपयश र घृणा शासकै बन्न रोज्ने
कोही बन्छन् सुराकी गुपचुप रहँदै रच्दछन् ती वितण्डा
मिल्छन् पार्दै बहाना सहजसित मिले अंश वा भागबण्डा ।

हत्या गर्ने हजारौं जन अति निमुखा, भद्र निर्दोषलाई
ती हत्यारा सबै छन्, डटफट छ बडो शानमा छन् रमाई
सर्वेसर्वा हुने ता जति पनि कलुषी, भ्रष्ट वा तुच्छ नै छन्
यस्तैका तुच्छताले पतनतिर गई देश डुब्दो छ झन् झन् ।

बिक्छन् सामान्य मान्छे घरिघरि सहजै भोटका लागि बिक्छन्
बिक्छन् नेता र मन्त्री कमिशन र कुनै गूटका लागि बिक्छन्
बिक्छन् खोला र नाला, जमिन, जन, चुरे स्वार्थका लागि बिक्छन्
धेरै के भन्नुपर्ला छलसँग विधि वा न्याय औ नीति बिक्छन् ।

“मेरा चल्लाहरूको युगयुग खिचलो यो कतिञ्जेल चल्ला ?
चल्ला छन् चोर, चम्चे, चतुर-तर छुचा, चल्छ दुर्नाम, हल्ला
यी चल्लाले गरेको चिउचिउ पिरलो, कष्ट हट्नेछ केले ?”
भन्छिन् नेपाल आमा हरसमय यही बुझ्छ खोलाघरेले ! ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
काठका पुतली धन्य !

काठका पुतली धन्य !

खोलाघरे साहिँलोे
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x