साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भार्या भागवत

नातागोता कतैका वरपर रहने बन्धु वा इष्टमित्र ‎मामा, भेना र सम्धी, गुरुजन, ससुरा अन्य सम्बन्धभित्र ‎आऊन् जोजो जहाँका गनगन भुतुतू आदि गर्ने भए पो ! ‎न्यानो आत्मीयताले घरभरि घुइँचो पाहुनो पल्किने भो ।

Nepal Telecom ad

खोलाघरे साहिंलो :

‎मेरी भार्या छ खास्सा हरपल हँसिली झर्किने छैन बन्दै
‎यो झ्वाँकी छैन सत्ते! मप्रति हरपला स्नेह राख्छे बिछट्टै
‎दुष्टा भै प्रातसाँझै करकर घरमा गर्न जान्ने भए पो !
‎मुस्काई बोल्न थाल्छे श्रवणप्रिय कुरा थाक्न जान्ने भए पो !
‎। १।

गन्दा आधा शताब्दी हिउँद बितिसके साथ हाम्रो जुटेको
‎यस्तो जोडी मिलेको घरजम त कतै छैन है देखिएको
झ्याईँझ्याईँ बजाई नउमति नगरा ल्याउँदाकी उज्याली
‎ऐले ता झन् उज्याली झलमल नभकै खास पूर्णेन्दुजस्ती ।२ ।

‎आत्मश्लाघा नगर्ने,अझ परिजनको खोइरो नै नखन्ने
‎मामूली काम गर्दै पनि अजङ ठूलो हूं गरेको नभन्ने
‎चाहे फोरोस् पहाडै बरु परिजनले तुच्छ ,सिन्को नठान्ने
‎आफ्नो बेथा नभन्ने भुतुतुतु सबको बेस्सरी ख्याल राख्ने ।३।

‎मेलो वा काम गर्दा कति युगलसरी ठस्किने हैन कैल्यै
‎जिस्क्यौली चल्छ उम्दा सहजसित शब्दका रङ्ग घोल्दै
‎कस्तो स्वाँठो र नाठो, शठ, कृपण,छुसी,शण्ड, जैरे फटाहा
‎यस्तो केही नभन्दा अतिशय खुश भै झुम्छु रोजै म आहा !।४।

नातागोता कतैका वरपर रहने बन्धु वा इष्टमित्र
‎मामा, भेना र सम्धी, गुरुजन, ससुरा अन्य सम्बन्धभित्र
‎आऊन् जोजो जहाँका गनगन भुतुतू आदि गर्ने भए पो !
‎न्यानो आत्मीयताले घरभरि घुइँचो पाहुनो पल्किने भो ।५।

‎खोलौं यस्तो सुलच्छिन् वरपर सबमा आफू फुर्के भइन्छ
‎बोकीराखूँ कहाँ यो अतिशय गुणको भार थाप्लो थिचिन्छ
‎छोराछोरी खुशी छन् यतिविधि घरको शान्ति देखी सधैंको
‎ठान्छन् आदर्श यस्तै हरघर बनिए स्वर्ग लाग्नेछ निम्जो ।६।

०००
फाकफोकथुम- ४, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
काठका पुतली धन्य !

काठका पुतली धन्य !

खोलाघरे साहिँलोे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x