आर.सी. रिजालबन्धनमा मृत्यु
मेरी आमाको तिथिमा आदर्शको आमालाई पनि मैले सम्झने गर्याछु । कारण आदर्शले आमा कुर्ने पालोमा- आ कति नसुत्नु, सधैंको झ्याउलो, यस्तै हो भनि रोगी आमाको हातखुट्टा बाँधी आफू मस्त सुतेको रहेछ।

आर.सी. रिजाल :
आदर्श मेरो अन्तरङ्ग लँगौटीया मित्र- उसका भोगाइ मबाहेक अन्त भन्दैनथ्यो । ४०बर्ष अगाडि सुनाएको पीडादायिक घटना आजसम्म मैले भुल्न सक्याछैन । पीडा गुमस्याएर राख्न हुन्न भन्छन्। त्यसैले मन हलुँगो पार्दैछु -:
तिनभाइमा आदर्श जेठो। आमा मानसिक रोगी- कहिलेकाहीँ घरबाहिर निस्केर छिमेकीलाई गाली गर्ने- कहिले हराएर खोज्न जानपर्ने। एकजनाले छोड्नै नमिल्ने। उबेलाँ धामीझाँक्रीबाट उपचारका नाममा- कुचोले हिर्काउने, खोर्सानीको धुप सुँघाउने, पन्यौ तताएर डाम्नेसम्म गरेकै हुन् ।
आमालाई तिनभाइले एकएक रात पालो मिलाएर कुर्थे ।आदर्शको पालोको दिन बिहान चारबजे बिउँझेर आमालाई छाम्दा सिताङ्ग पायो। अनि करायो- लौ न आमा बोल्नु हुन्न, के भयो ? छिटोछिटो आओ……….।
आमाको मृत्युको केहि वर्षपछि प्रवचनमा- “मातापिता जीउँदै छँदा सेवा नगर्ने पुत्रले मृत्युपछि गोकर्ण, मुक्तिनाथ त के गया पुगेर चढाएको पिण्ड पनि पितृले स्विकार्दैनन्” भनेको सुनेर मसँग सल्लाह माग्न आथ्यो- मैले प्रवचनलाई नै समर्थन गर्देँ।
मेरी आमाको तिथिमा आदर्शको आमालाई पनि मैले सम्झने गर्याछु । कारण आदर्शले आमा कुर्ने पालोमा- आ कति नसुत्नु, सधैंको झ्याउलो, यस्तै हो भनि रोगी आमाको हातखुट्टा बाँधी आफू मस्त सुतेको रहेछ। कस्तो विडम्बना ! त्यही रात तीनभाइकी आमाको बन्धनमा मृत्यु ।
०००
मकवानपुर
Subscribe
Login
0 Comments
Oldest






































