साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयो वर्ष नयाँ

मेटाओस् नव वर्षले विकृतिका बाटा पनि सबै ‎बाँचून् वृद्ध जमात शान्त मनले होस् मान बहुतै ‎आगामी पल होस् सुरम्य सबको सानन्द रसिलो ‎आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो ।

Nepal Telecom ad

खोलाघरे साहिँलो :
‎

‎यो देशै सुनको भए शुभ हुने लाग्दैछ मनमा
‎लाइन्थ्यो गहना ढपक्क सबले ढाकेर तनमा
‎यस्तै लक्षण देखिएर अहिले बेला छ भरिलो
‎आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो ।१।
‎
‎देशै स्वर्णमयी कुरा कथनमा लाग्दैछ किन हो ?
‎राखें सञ्चित भन्नु दोष छ कहाँ के हुन्छ ननिको ?
‎बढ्ला भोलि भनेर सूझ सबले राखे त,ठिक हो
‎आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो ।२।
‎
‎काला कर्तुत जे भए सब खुलून् खोजेर सबका
‎त्यस्ता कर्तुत जे हुनन् अब खुलून् भेटेर सबका
‎काला कर्तुत हेतुमा अब नहुन् दुष्कर्म खिचलो
‎आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो । ३।
‎
‎लागेको छ रुघा जरो पनि चढी बेहालै परियो
‎पानी,अ‍ौषधि सेकताप जति जे गर्ने त गरियो
‎नाकैभित्र छ मूलझैं कि जलको बग्दैछ पघितो
‎आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो । ४।
‎
‎मेटाओस् नव वर्षले विकृतिका बाटा पनि सबै
‎बाँचून् वृद्ध जमात शान्त मनले होस् मान बहुतै
‎आगामी पल होस् सुरम्य सबको सानन्द रसिलो
‎आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो । ५।
‎
०००‎
फाकफोकथुम- ४, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
काठका पुतली धन्य !

काठका पुतली धन्य !

खोलाघरे साहिँलोे
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x