साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयो वर्ष नयाँ

मेटाओस् नव वर्षले विकृतिका बाटा पनि सबै ‎बाँचून् वृद्ध जमात शान्त मनले होस् मान बहुतै ‎आगामी पल होस् सुरम्य सबको सानन्द रसिलो ‎आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो ।

Nepal Telecom ad

खोलाघरे साहिँलो :

यो देशै सुनको भए शुभ हुने लाग्दैछ मनमा
‎लाइन्थ्यो गहना ढपक्क सबले ढाकेर तनमा
‎यस्तै लक्षण देखिएर अहिले बेला छ भरिलो
‎आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो ।१।

‎देशै स्वर्णमयी कुरा कथनमा लाग्दैछ किन हो ?
‎राखें सञ्चित भन्नु दोष छ कहाँ के हुन्छ ननिको ?
‎बढ्ला भोलि भनेर सूझ सबले राखे त,ठिक हो
‎आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो ।२।

‎काला कर्तुत जे भए सब खुलून् खोजेर सबका
‎त्यस्ता कर्तुत जे हुनन् अब खुलून् भेटेर सबका
‎काला कर्तुत हेतुमा अब नहुन् दुष्कर्म खिचलो
‎आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो । ३।

‎लागेको छ रुघा जरो पनि चढी बेहालै परियो
‎पानी,अ‍ौषधि सेकताप जति जे गर्ने त गरियो
‎नाकैभित्र छ मूलझैं कि जलको बग्दैछ पघितो
‎आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो । ४।

‎मेटाओस् नव वर्षले विकृतिका बाटा पनि सबै
‎बाँचून् वृद्ध जमात शान्त मनले होस् मान बहुतै
‎आगामी पल होस् सुरम्य सबको सानन्द रसिलो
‎आयो वर्ष नयाँ कुँदेर सपना चाखेर अमिलो । ५।

०००‎
फाकफोकथुम- ४, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
काठका पुतली धन्य !

काठका पुतली धन्य !

खोलाघरे साहिँलोे
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x