साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौलीको सूचक र कर्म

उकाली र ओराली छन् सबको जीवन बुझ कल्याणकारी काम गर, असल बाटो रोज सत्यपथ राम्रो भन्छन तिमी पनि बुझ अन्त्यसम्म आफैँ भित्र आफैँले नै खोज ।

Nepal Telecom ad

श्रीधर लामिछाने :

हेर्दाहेर्दै कपाल सबै सेता हुदै गए
मकै भटमास खाने दाँत झर्दै झर्दै गए
धमिलो भो आँखा पनि लेखन पढ्न गाह्रो
सधैँ खाका कुरा पनि पचाउनलाई साह्रो

हात गोडा कर्करौने, नसा जोर्नी दुख्ने
जता छामे हड्डी मात्र उठ्दा बस्ता दुख्ने
मन छाम्दा झनै दुख्यो के पो गर्ने होला
जीवन चक्र परिवर्तन हुदै जाने खेला

चेत पूणर् व्यवहार गर्दै गए हेर
शान्ति सन्तोष जीवनरेखा खुशी ल्याऊ धेर
जानी जानी मुर्ख बने कसले काँध थाप्ने
मन शरीर सक्रियता सधैँ कायम लाग्ने

उकाली र ओराली छन् सबको जीवन बुझ
कल्याणकारी काम गर, असल बाटो रोज
सत्यपथ राम्रो भन्छन तिमी पनि बुझ
अन्त्यसम्म आफैँ भित्र आफैँले नै खोज

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x