श्रीधर लामिछानेज्येष्ठ नागरिकको उपचार र सञ्चार
अझ अल्झाइमर्स, पार्किन्सन वा त्यस्ता घातक रोग जसमा बिरामी स्वयम्ले आफैँ सेवन गर्दा जोखिम बढ्ने हुँदा हेरचाह गर्ने व्यक्ति विशेष प्रशिक्षित हुनु पर्ने कुरामा ध्यान दिउँ ।

श्रीधर लामिछाने :
हुन त सञ्चार जहिले पनि महत्वपूर्ण हुन्छ नै अझ बिरामी र डाक्टर बिचको सञ्चार कति महत्वपूर्ण हुन्छ भने त्यसले जीवन मरण को नै अन्तर पार्न सक्छ त्यसैले होला विकसित मुलुकमा लिखित सञ्चार लाइ बढी जोड दिएको देखिन्छ कम्तिमा औषधिको मामलामा । उदाहरणको लागि औषधिको बट्टामा लेखेको कुरामा मात्र भर नपरी बिरामीको नाम सहित औषधि को नाम र त्यसको मात्रा प्रष्ट लेखि दिएको हुन्छ । जुन कुरा हाम्रो देशमा त्यति ध्यान दिएको देखिँदैन ।
त्यसको प्रभाव भने निकै गहिरो हुन सक्छ । यदि डाक्टर वा चिकित्सकले प्रष्ट सँग बुझ्नु विरामी वा तिनको रेखदेख गर्ने व्यक्तिले ध्यान दिनु पर्ने हुन्छ । अन्यथा औषधिको मात्रामा वा पटकमा अलिकती मात्र पनि फरक पर्न गयो भने बिरामीलाई नकारात्मक असर पर्छ अर्थात् राम्रो भन्दा नराम्रो धेरै हुन सक्छ । तसर्थ हामी बिरामी आफैँ वा आफ्नो मानिसको औषधि र त्यसको मात्रा र पटक प्रष्ट बुझेर औषधिको प्रयोग गर्ने गर्नु पर्छ । नबुझे फेरी सोध्नु पर्छ । त्यति गर्दा पनि कहिले कहिले कुनै कुनै औषधिले एलर्जी भएर बिरामीलाई गाह्रो मात्र बनाउदैन बरू ज्यान नै पनि लैजान सक्छ । औषधिले कथाम कुनै पनि नकारात्मक लक्षण देखाएमा तुरुन्त चिकित्शकको सल्लाह अनुसार गर्नु पर्ने हुन्छ ।
मेरो पिताजीले सुनाउनु भएको थियो, एक पटक उहाँ गम्भीर बिरामी पर्नु भएको बेला जति बेला बिर अस्पताल मात्र एउटा अस्पताल थियो ठुलो उपचार केन्द्र भनेको । अनि डाक्टरको शंख्य पनि अहिले जस्तो धेरै थिएनन । पिताजी वीर अस्पतालमा नै भर्ना भएर उपचाररत हुनु हुन्थ्यो रे । उहाँलाई डाक्टरले भने अनुसार भन्दा फरक मात्रामा दिनको एक पटक दिनु पर्ने औषधि तिन पटक र तिन पटक दिनु पर्ने औषधि एक पटक दिँदा झण्डै उहाँको अन्त्य भएको थियो रे । औषधि नखाँदा भन्दा सिरियास भएपछि डाक्टरले सम्बन्धित ड्युटी नर्सलाई बोलाएर सोध्दा त औषधि उल्टो पल्टो भएको कुरा पत्ता लाग्यो रे । अनि ति नर्सलाई डाक्टरले राम्रोसँग जच्दा त औषधिको मात्र फरक भएको थाहा लागेछ । र तत्काल गर्नु पर्ने औषधि गरिएछ । त्यसरी तत्काल पिताजीलाई बचाउने काम गरेछन । पछि डाक्टरले सबै औषधि बारे सम्बन्धित नर्सलाई बताएर छोडेछन । त्यसपछि पिताजीलाई थप ४/५ दिन अस्पताल राखेर घर पठाएका थिए रे । केवल औषधिको मात्रा फरक परेको ले थप अस्पताल बस्नु परेको रहेछ ।
यहाँ भन्न खोजेको कुरा के भने बिरामी आफैँ बुझ्ने र सक्ने हुदा बिरामी स्वयंले औषधिको मात्रा र पटक प्रष्ट बुझ्ने र लेखेर राखी सोहि अनुसार गर्ने गर्नु पर्छ । बिरामी स्वयं आफैँ औषधि मिलाएर सेवन गर्न नसक्ने अवस्थाको हुँदा विरामीको सेवामा खटिएको मानिस ले नै सेवा गर्ने ले नै प्रष्ट हुने र जे जति मात्रा र पटक भनेको छ त्यहि अनुसार गर्ने गर्नु पर्छ । अन्यथा औषधि ले राम्रो भन्दा नराम्रो गर्न सक्छ ।
मनासस निवासी रमेश ढकालजी ले एक दिन हामीलाइ उहाँको घरमा भेट्न बोलाउनु भएको थियो । अत्यधिक ट्राफिकको बाबजुद हामी करिव १० मिनेट ढिलो रमेशजीले बोलाउनु भएको ठाउँमा पुग्यौँ । त्यहाँ हाम्रो रमेशजीको संयोजनमा एकजना वेस्ट भर्जिनिया निवासी सरल व्यक्ति मिस्टर म्याक (नाम परिवर्तित) सँग भेटेर भएको कुरा र उहाँले जोड दिएर भन्नु भएको उपचारमा सञ्चारको महत्वको प्रसङ्ग पनि निकै महत्वपूर्ण छ ।
मिस्टर म्याकलाई मैले त्यस बेलासम्म चिनेको थिइनँ । जब नामबाट चिनजान भयो हामी खुलेर कुराकानीमा व्यस्त भयौँ । उहाँले आफ्नी श्रीमतीको स्वास्थ्य अवस्था बारे बडो धैर्यता र गम्भीरताको साथ बताउनु भयो । उहाँको श्रीमतीलाई निको नहुने असाध्य रोग, पार्किन्सन लागेको रहेछ । तर सौभाग्यवस विकसित ठाउँ भएको कारण स्तरीय जीवनलाई सकभर खस्कन नदिई हर क्षण श्रीमतीको औषधि उपचार खानपान सरसफाई जस्ता महत्वपूणर् कुरामा सेवा पुर्याउनु भएको रहेछ ।
मैले आफ्नो पुस्तक सहज बुढ्यौलीबारे सारांशमा बताएपछि बडो चाख मानेर केही प्रश्न गर्नु भयो केही उत्तर रमेशजी स्वयंले दिनु भयो भने केही मैले प्रष्ट पार्ने कोशिस गरेँ । उहाँले भन्नु भयो, ओहो यो पुस्तक त अंग्रेजीमा पनि चाहिने रहेछ भन्दै सुझाबको रूपमा अंग्रेजीमा उल्था गराउनु पर्ने र अनलाइन पनि उपलब्ध गराउनु पर्ने सल्लाह दिनु भयो । हामी रमेश ढकालजी र मैले पनि उहाँको कुरामा सहमति जनायौँ तर समय भने लाग्न सक्ने कुरा पनि भन्यौँ ।
मैले उहाँलाई सोधेको प्रश्नको प्रत्युत्तरमा उहाँले भन्नु भयो कि मेरो अनुभवमा औषधि उपचारमा सञ्चार धेरै महत्वपूर्ण हुने र औषधि सही ढंगले सेवन नगरिएमा विरामीको ज्यान जान सक्ने कुरा बताउनु भयो । उहाँको श्रीमतीको उपचार गर्ने क्रममा पनि अस्पताल भर्ना गरेर राखेको बिरामी लाइ पनि राम्रोसँग कुरा नबुझाएको खण्डमा त्यस्तो दुर्घटना हुन सक्ने कुरा बताउनु भयो । उहाँकी श्रीमती परिचारिकाले दिएको गलत औषधिको मात्राले बाल बाल बाँच्नु भएको कुरा सविस्तार बताउनु भयो । पछि उहाँ स्वयंले नर्स र डाक्टर बिच फेस टाइम मार्फत प्रष्ट पारेपछि समस्या हल भएको कुरा हामीलाई बताउनु हुन्थ्यो । उहाँले बेलामा उठाउनु भएको त्यो कदमले उहाँकी श्रीमतीलाई बचाउन सकिएको अनुभव हामि लाइ सेयर गर्नु भयो ।
तसर्थ प्यारा मित्रहरू ! तपाईं हामीले पनि आफ्नो बिरामीको अवस्था हेरी औषधि सेवन बारे बिरामी र नियमित हेरचाह गर्नेले सबै कुरा बुझे नबुझेको पक्का गरेर औषधि सेवन गर्ने गराउने गरौँ हुन सक्ने दुर्घटना बाट बचौँ, बचाउँ । अझ अल्झाइमर्स, पार्किन्सन वा त्यस्ता घातक रोग जसमा बिरामी स्वयम्ले आफैँ सेवन गर्दा जोखिम बढ्ने हुँदा हेरचाह गर्ने व्यक्ति विशेष प्रशिक्षित हुनु पर्ने कुरामा ध्यान दिउँ । हालै प्रकाशित पुस्तक सहज बुढ्यौलीमा पनि यो विषयमा प्रशस्त चर्चा गरिएको छ । तसर्थ सहज बुढ्यौली पढेर ज्येष्ठ नागरिकहरू वा उहाँहरूको सेवामा लग्नु हुने व्यक्तिले अध्ययन गर्नु भएमा यो पुस्तकले अझ धेरै विषयमा सहयोग पुग्नेछ ।
यस्तो महत्वपूर्ण विषयमा थप जानकारी र अनुभव सुनाउनु भएकोमा मिस्टर म्याकप्रति आभार व्यक्त गर्न चाहन्छु । त्यस्तै म्याकसँग भेट गराएर यो मौका जुराई दिनुहुने रमेशजीप्रति हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु ।
०००
काठमाडौं, हाल अमेरिका
Subscribe
Login
0 Comments
Oldest




































