साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिकको उपचार र सञ्चार

अझ अल्झाइमर्स, पार्किन्सन वा त्यस्ता घातक रोग जसमा बिरामी स्वयम्ले आफैँ सेवन गर्दा जोखिम बढ्ने हुँदा हेरचाह गर्ने व्यक्ति विशेष प्रशिक्षित हुनु पर्ने कुरामा ध्यान दिउँ ।

Nepal Telecom ad

श्रीधर लामिछाने :

हुन त सञ्चार जहिले पनि महत्वपूर्ण हुन्छ नै अझ बिरामी र डाक्टर बिचको सञ्चार कति महत्वपूर्ण हुन्छ भने त्यसले जीवन मरण को नै अन्तर पार्न सक्छ त्यसैले होला विकसित मुलुकमा लिखित सञ्चार लाइ बढी जोड दिएको देखिन्छ कम्तिमा औषधिको मामलामा । उदाहरणको लागि औषधिको बट्टामा लेखेको कुरामा मात्र भर नपरी बिरामीको नाम सहित औषधि को नाम र त्यसको मात्रा प्रष्ट लेखि दिएको हुन्छ । जुन कुरा हाम्रो देशमा त्यति ध्यान दिएको देखिँदैन ।

त्यसको प्रभाव भने निकै गहिरो हुन सक्छ । यदि डाक्टर वा चिकित्सकले प्रष्ट सँग बुझ्नु विरामी वा तिनको रेखदेख गर्ने व्यक्तिले ध्यान दिनु पर्ने हुन्छ । अन्यथा औषधिको मात्रामा वा पटकमा अलिकती मात्र पनि फरक पर्न गयो भने बिरामीलाई नकारात्मक असर पर्छ अर्थात् राम्रो भन्दा नराम्रो धेरै हुन सक्छ । तसर्थ हामी बिरामी आफैँ वा आफ्नो मानिसको औषधि र त्यसको मात्रा र पटक प्रष्ट बुझेर औषधिको प्रयोग गर्ने गर्नु पर्छ । नबुझे फेरी सोध्नु पर्छ । त्यति गर्दा पनि कहिले कहिले कुनै कुनै औषधिले एलर्जी भएर बिरामीलाई गाह्रो मात्र बनाउदैन बरू ज्यान नै पनि लैजान सक्छ । औषधिले कथाम कुनै पनि नकारात्मक लक्षण देखाएमा तुरुन्त चिकित्शकको सल्लाह अनुसार गर्नु पर्ने हुन्छ ।

मेरो पिताजीले सुनाउनु भएको थियो, एक पटक उहाँ गम्भीर बिरामी पर्नु भएको बेला जति बेला बिर अस्पताल मात्र एउटा अस्पताल थियो ठुलो उपचार केन्द्र भनेको । अनि डाक्टरको शंख्य पनि अहिले जस्तो धेरै थिएनन । पिताजी वीर अस्पतालमा नै भर्ना भएर उपचाररत हुनु हुन्थ्यो रे । उहाँलाई डाक्टरले भने अनुसार भन्दा फरक मात्रामा दिनको एक पटक दिनु पर्ने औषधि तिन पटक र तिन पटक दिनु पर्ने औषधि एक पटक दिँदा झण्डै उहाँको अन्त्य भएको थियो रे । औषधि नखाँदा भन्दा सिरियास भएपछि डाक्टरले सम्बन्धित ड्युटी नर्सलाई बोलाएर सोध्दा त औषधि उल्टो पल्टो भएको कुरा पत्ता लाग्यो रे । अनि ति नर्सलाई डाक्टरले राम्रोसँग जच्दा त औषधिको मात्र फरक भएको थाहा लागेछ । र तत्काल गर्नु पर्ने औषधि गरिएछ । त्यसरी तत्काल पिताजीलाई बचाउने काम गरेछन । पछि डाक्टरले सबै औषधि बारे सम्बन्धित नर्सलाई बताएर छोडेछन । त्यसपछि पिताजीलाई थप ४/५ दिन अस्पताल राखेर घर पठाएका थिए रे । केवल औषधिको मात्रा फरक परेको ले थप अस्पताल बस्नु परेको रहेछ ।

यहाँ भन्न खोजेको कुरा के भने बिरामी आफैँ बुझ्ने र सक्ने हुदा बिरामी स्वयंले औषधिको मात्रा र पटक प्रष्ट बुझ्ने र लेखेर राखी सोहि अनुसार गर्ने गर्नु पर्छ । बिरामी स्वयं आफैँ औषधि मिलाएर सेवन गर्न नसक्ने अवस्थाको हुँदा विरामीको सेवामा खटिएको मानिस ले नै सेवा गर्ने ले नै प्रष्ट हुने र जे जति मात्रा र पटक भनेको छ त्यहि अनुसार गर्ने गर्नु पर्छ । अन्यथा औषधि ले राम्रो भन्दा नराम्रो गर्न सक्छ ।

मनासस निवासी रमेश ढकालजी ले एक दिन हामीलाइ उहाँको घरमा भेट्न बोलाउनु भएको थियो । अत्यधिक ट्राफिकको बाबजुद हामी करिव १० मिनेट ढिलो रमेशजीले बोलाउनु भएको ठाउँमा पुग्यौँ । त्यहाँ हाम्रो रमेशजीको संयोजनमा एकजना वेस्ट भर्जिनिया निवासी सरल व्यक्ति मिस्टर म्याक (नाम परिवर्तित) सँग भेटेर भएको कुरा र उहाँले जोड दिएर भन्नु भएको उपचारमा सञ्चारको महत्वको प्रसङ्ग पनि निकै महत्वपूर्ण छ ।

मिस्टर म्याकलाई मैले त्यस बेलासम्म चिनेको थिइनँ । जब नामबाट चिनजान भयो हामी खुलेर कुराकानीमा व्यस्त भयौँ । उहाँले आफ्नी श्रीमतीको स्वास्थ्य अवस्था बारे बडो धैर्यता र गम्भीरताको साथ बताउनु भयो । उहाँको श्रीमतीलाई निको नहुने असाध्य रोग, पार्किन्सन लागेको रहेछ । तर सौभाग्यवस विकसित ठाउँ भएको कारण स्तरीय जीवनलाई सकभर खस्कन नदिई हर क्षण श्रीमतीको औषधि उपचार खानपान सरसफाई जस्ता महत्वपूणर् कुरामा सेवा पुर्‍याउनु भएको रहेछ ।

मैले आफ्नो पुस्तक सहज बुढ्यौलीबारे सारांशमा बताएपछि बडो चाख मानेर केही प्रश्न गर्नु भयो केही उत्तर रमेशजी स्वयंले दिनु भयो भने केही मैले प्रष्ट पार्ने कोशिस गरेँ । उहाँले भन्नु भयो, ओहो यो पुस्तक त अंग्रेजीमा पनि चाहिने रहेछ भन्दै सुझाबको रूपमा अंग्रेजीमा उल्था गराउनु पर्ने र अनलाइन पनि उपलब्ध गराउनु पर्ने सल्लाह दिनु भयो । हामी रमेश ढकालजी र मैले पनि उहाँको कुरामा सहमति जनायौँ तर समय भने लाग्न सक्ने कुरा पनि भन्यौँ ।

मैले उहाँलाई सोधेको प्रश्नको प्रत्युत्तरमा उहाँले भन्नु भयो कि मेरो अनुभवमा औषधि उपचारमा सञ्चार धेरै महत्वपूर्ण हुने र औषधि सही ढंगले सेवन नगरिएमा विरामीको ज्यान जान सक्ने कुरा बताउनु भयो । उहाँको श्रीमतीको उपचार गर्ने क्रममा पनि अस्पताल भर्ना गरेर राखेको बिरामी लाइ पनि राम्रोसँग कुरा नबुझाएको खण्डमा त्यस्तो दुर्घटना हुन सक्ने कुरा बताउनु भयो । उहाँकी श्रीमती परिचारिकाले दिएको गलत औषधिको मात्राले बाल बाल बाँच्नु भएको कुरा सविस्तार बताउनु भयो । पछि उहाँ स्वयंले नर्स र डाक्टर बिच फेस टाइम मार्फत प्रष्ट पारेपछि समस्या हल भएको कुरा हामीलाई बताउनु हुन्थ्यो । उहाँले बेलामा उठाउनु भएको त्यो कदमले उहाँकी श्रीमतीलाई बचाउन सकिएको अनुभव हामि लाइ सेयर गर्नु भयो ।

तसर्थ प्यारा मित्रहरू ! तपाईं हामीले पनि आफ्नो बिरामीको अवस्था हेरी औषधि सेवन बारे बिरामी र नियमित हेरचाह गर्नेले सबै कुरा बुझे नबुझेको पक्का गरेर औषधि सेवन गर्ने गराउने गरौँ हुन सक्ने दुर्घटना बाट बचौँ, बचाउँ । अझ अल्झाइमर्स, पार्किन्सन वा त्यस्ता घातक रोग जसमा बिरामी स्वयम्ले आफैँ सेवन गर्दा जोखिम बढ्ने हुँदा हेरचाह गर्ने व्यक्ति विशेष प्रशिक्षित हुनु पर्ने कुरामा ध्यान दिउँ । हालै प्रकाशित पुस्तक सहज बुढ्यौलीमा पनि यो विषयमा प्रशस्त चर्चा गरिएको छ । तसर्थ सहज बुढ्यौली पढेर ज्येष्ठ नागरिकहरू वा उहाँहरूको सेवामा लग्नु हुने व्यक्तिले अध्ययन गर्नु भएमा यो पुस्तकले अझ धेरै विषयमा सहयोग पुग्नेछ ।
यस्तो महत्वपूर्ण विषयमा थप जानकारी र अनुभव सुनाउनु भएकोमा मिस्टर म्याकप्रति आभार व्यक्त गर्न चाहन्छु । त्यस्तै म्याकसँग भेट गराएर यो मौका जुराई दिनुहुने रमेशजीप्रति हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु ।

०००
काठमाडौं, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्यौली चिन्तन

बुढ्यौली चिन्तन

श्रीधर लामिछाने
बुढ्यौलीको सूचक र कर्म

बुढ्यौलीको सूचक र कर्म

श्रीधर लामिछाने
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x