साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुराफात रै’छ

लोकतन्त्र आएपछि यौटा कुरा ज्ञात भयो राम्रो कुरा गरीगरी गर्नुपर्ने घात रैछ

Nepal Telecom ad

विजय सुब्बा :

आखिरमा मान्छे पनि दुष्टहरूको खात रैछ
राजनीति भन्या’पनि तिन्कै लामो हात रैछ

नसोध न जनता हो बेक्कारमा यस्तालाई
सङ्घर्ष त भोकाएका झूटहरूको भात रैछ

छक्क किन साथीभाइ यस्तै त हो काम कुरो
जे जे हुनु छ नि गर्ने यौटै खुराफात रै’छ

काँ छैन र भ्रष्टाचार छैन भन्नु सालाहरू
गर्नेलाई दिनै पनि खुलेआम रात रै’छ

लोकतन्त्र आएपछि यौटा कुरा ज्ञात भयो
राम्रो कुरा गरीगरी गर्नुपर्ने घात रैछ

जसलाई शिर ठानेँ मूल खाँबो भनी मानेँ
त्यो त हरेक मोडैपिच्छे कर्कलाको पात रैछ ।

०००
तेह्रथुम
२३ मङ्सिर २०६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x