साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा.मतिप्रसाद ढकालका पाँच कृति एकैपटक विमाेचित

महेश सन्न्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरि तथा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष टीकाराम शर्मा ढकालद्वारा संयुक्त रूपमा डा. ढकालका पाँच कृतिहरू विमोचन गरिएकाे छ ।

Nepal Telecom ad

नवलपरासी, २०८० चैत ३ । डा.मतिप्रसाद ढकालका पाँच कृति एकैपटक विमाेचन गरिए ।

बागलुङमा जन्मिएर विगत ३३ वर्षदेखि नेपाल संस्कृत विश्वविद्यालयको सेवामा संलग्न रही नवलपरासीको गैँडाकोटलाई आफ्नो कर्मथलो बनाउँदै आएका डा. मतिप्रसाद ढकालका पाँच कृतिहरू हालै एक समारोहका बीचमा विमोचन गरिएका हुन् ।

नेपाल ढकाल समाज प्रतिष्ठानको तेस्रो स्थापना दिवसका उपलक्ष्यमा यही चैत्र ३ गते गलेश्वर आश्रम, देवघाटधाम तनहुँमा आयोजित समारोहमा प्रमुख अतिथि तथा महेश सन्न्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरि तथा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष टीकाराम शर्मा ढकालद्वारा संयुक्त रूपमा डा. ढकालका पाँच कृतिहरू विमोचन गरिएकाे छ ।

२०८० वैशाखदेखि कार्तिक महिनाका बीचमा आस्था आगम ढकालद्वारा प्रकाशन गरी हालै विमोचन गरिएका पाँच कृतिहरूमध्ये ‘स्वरवैदिकी प्रक्रिया’ नामक पाणिनीय वैदिकी व्याकरणको शोधपूर्ण विस्तृत नेपाली व्याख्या गरिएको ग्रन्थका साथै पाणिनीय व्याकरणको अनुशीलन, हाम्रो संस्कारमा के छ ?, शिक्षा कस्तो हुनुपर्छ ? र भारतीय तीर्थयात्रा नामक निबन्धसङ्ग्रह रहेका छन् ।

२०५६ देखि लेखनयात्रा थालेका डा. ढकालका हालसम्म १८ कृतिहरू प्रकाशित भइसकेका छन् भने ‘महाभारतमा के छ ?’ कृति सबैभन्दा लोकप्रिय रहेको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
डा. मतिप्रसाद ढकल
डा. मतिप्रसाद ढकल
1 year ago

समाचार प्रकाशनका लागि फित्कौली डट कम परिवारलाई हार्दिक धन्यवद ।

Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x