फित्काैली डटकमपाेखराकाे परिश्रमी प्रतिभा पुरस्कारद्वारा परिराेशनी पुरस्कृत
शृङ्खलाको प्रकाशनमा आफ्नो अमूल्य योगदान दिनुभएका प्रगतिवादी लेखक एवम् दर्शन विधाका अग्रणी व्यक्तित्व रामराज रेग्मीलाई पनि साहित्य शृङ्खला पोखराले सम्मान गरेकाे छ ।
पाेखरा, २०८० चैत ३ । विषेशत: नेपाली हास्यव्यङ्ग्य साहित्यमा योगदान दिने साधकलाई प्रेरित गर्ने उद्देश्यले स्थापित परिश्रमी प्रतिभा पुरस्कारबाट चिन्नेवास- २, स्याङ्जा निवासी गायत्री लम्साल परिराेशनीलाई सम्मानित गरिएकाे छ ।
परिराेशनीका पाँच ओटा हास्यव्यङ्ग्य कृति प्रकाशित भइसकेका छन् भने फित्काैली डटकममा निरन्तर हास्यव्यङ्ग्य सिर्जना प्रविष्ट भइरहेका छन् ।
साहित्य शृङ्खला पोखराका सल्लाहकार तथा प्रगतिशील साहित्यकार नारायण परिश्रमीद्वारा स्थापित उक्त पुरस्कार साहित्य शृङ्खला पोखराको व्यवस्थापनमा २०८० चैत्र ३ गते एक समाराेहकाे आयाेजना गरी प्रदान गरिएकाे हाे । पुरस्कार राशी नगद रु दस हजार र साथमा सम्मानपत्र पनि प्रदान गरिएकाे छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार साथै शृङ्खला स्थापना कालदेखि सहयोगी भूमिका निर्वाह गर्दै आउनुभएका तथा साहित्य शृङ्खला पोखराले प्रकाशन गर्दै आएको आलोक शृङ्खलाको प्रकाशनमा आफ्नो अमूल्य योगदान दिनुभएका प्रगतिवादी लेखक एवम् दर्शन विधाका अग्रणी व्यक्तित्व रामराज रेग्मीलाई पनि साहित्य शृङ्खला पोखराले सम्मान गरेकाे छ ।
लक्ष्मी थापाकाे अध्यक्षतामा सम्पन्न समाराेहमा पुरस्कृत र सम्मानित प्रतिभाकाे परिचयमाथि गिता तिवारीले प्रकाश पार्नु भएकाे थियाे । साहित्यकार नारायण मरासेनीले साहित्य श्रृंखला पाेखराकाे बारेमा प्रकाश पार्दै शुभकामना दिनुभएकाे थियाे । कार्यक्रममा कविता, गीत, लघुकथा सहितको प्रस्तुति रहेकाे थियाे ।
कार्यक्रमम परशुराम कोइराला, शेषराज भट्टराई, छवि सुवेदी, भिम रानाभाट, सुरज उपाध्याय, धनबहादुर नेपाली, लक्ष्मी पौडेल, तेज बहादुर गुरुङ, विष्णु प्र. बास्तोला, विकास लुङ्गेली, खेम राना, रमा खतिवडा, भक्त रसाइली, अनमिका खनाल, सिता भण्डारी, छन्दिका त्रिपाठी, वसन्त चालिसे, माधव खतिवडा लगायत अन्य धेरै जनाको उपस्थिति रहेको थियाे । कार्यक्रमको सञ्चालन सन्तोष न्यौपानेले गर्नुभएको थियो ।
०००
तस्विर : शेषराज भट्टराई, पाेखरा
Subscribe
Login
0 Comments
Oldest






































