साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सक्रियता

आजको तपाईंको खानपान, आहार व्यवहार र विचारले नै तपाईंको बुढ्यौली अवस्था सुनिश्चित गर्ने हुनाले अहिले सोच्नु पर्छ । आफ्नो दिनचर्या सक्रिय राखौँ, असल ताजा सफा र सन्तुलित खान पान गरौँ, असल काम गरौँ, सकारात्मक बनौँ, सहयोगी बनौँ ।

Nepal Telecom ad

श्रीधर लामिछाने :

आजको होस् बुढेसकालमा समेत मोज !
आहार विहार र विचार नै हाम्रो जीवनको मूल आधार हो यसमा सायदै कसैको विमति होला । हामी जस्तो आहार गर्छाैँ त्यस अनुसारनै विचार प्रवाहित हुन्छ जस्तो विचार गर्छाैँ त्यस्तै कर्म गर्छाैँ । यो विषयमा खप्तड बाबाको विचार विज्ञान पुस्तक अध्ययन बाट सरल रूपमा बुझ्न सकिन्छ ।

व्यस्त रहेस्, स्वास्थ्य रहेस्, मस्त रहेस् ! आजकाल यस्तो आशीर्वाद दिने धेरै पाइन्छन । किन यस्तो आशीर्वाद दिएको होला ? एकछिन गम खाएर विचार गरौँ त ! विश्व स्वास्थ्य सङ्गठन पनि भन्छ शारीरिक, मानसिक, र अध्यात्मिक स्वास्थ्य मानिसको जीवनमा अत्यन्त महत्वपूर्ण हुन्छ । हुन पनि हो प्राय जसो शारीरिक रूपमा स्वास्थ्य रहेको मानिस नै मानसिक रूपमा पनि स्वास्थ्य हुने गर्छ । यी दुई कुरामा कोही पनि स्वस्थ्य छन् भने अनि आध्यात्मिक स्वास्थ्यको कुरा आउँछ । जसको राम्रो ज्यान, त्यसको अमुल्य धन, अरबौँ सम्पत्तिको मालिक भए पनि स्वास्थ्य राम्रो छैन भने उसको मन मात्र बेचैन हैन सबै कुरा गयो । तपाईं हाम्रा वरिपरिका घटना हेरौँ त एक पटक !

यसै प्रसङ्गमा १०३ वर्षका उदयराज बस्ताकोटी बुवा भन्नु हुन्छ, ‘खाना बिना शक्ति हुँदैन तर बढी खाना फेरी विष पनि हुन्छ’ त्यसैले ठिक्क खाना अत्यन्त महत्वपूर्ण आवश्यकता हो । धेरै पनि खानु हुँदैन । पहिले हाम्रो आमा भन्ने गर्नु हुन्थ्यो ठिक्क खाए बल धेरै खाए मल । हामी पनि ठिक्क तर मिलेसम्म सन्तुलित खाना खाउँ । सन्तुलित खानको लागि महँगोनै हुनु पर्छ भन्ने छैन । कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ र खनिज तत्व पाइने कुरा खाउँ । हुन त काम अनुसार पनि खाना को मात्रा थोरै र धेरै हुन सक्छ । बलको काम गर्ने मानिसको लागि अलि धेरै खानाको आवश्यकता पर्छ भने शारीरिक काम कम गर्ने मानिसको लागि खाने कुराको मात्र पनि कम नै भए पुग्छ ।

अहिले त अझ मानिसको कुरा गरिरहँदा भ्रुण अवस्थादेखिको कुरा गर्छन् । भ्रुणको समयमा राम्रो खान पान आमा बाबुको असल सोच विचार छ र असल सत्संगमा छन भने त्यो भ्रुण स्वस्थ्य बच्चाको रूपमा पैदा हुन्छ । वच्चा बेलामा असल खानपान, उसप्रति गरिने व्यवहार घरको शान्त र मनोरम वातावरणले उक्त बच्चाको शारीरिक, मानसिक र अध्यात्मिक विकास राम्रो हुन्छ भन्ने कुरा थुप्रै अनुसन्धानले पनि देखाएका छन् ।

डाक्टरहरू र वैद्यहरु हरेक मानिसको दिनचर्या के कस्तो छ सोधिरहेका हुन्छन् अनि दैनिक कम्तिमा २० मिनेटदेखि एक डेढ घण्टा हिँड्नुहोस् सक्रिय जीवन जिउनुहोस् । अनि कतिपय डाक्टरले भनेको सुनेको छु जे कुरा मुटुको लागि राम्रो हुन्छ त्यो कुरा मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ ।

कुनै पनि मानिसको स्वास्थ्य राम्रो छ भने उसको शरीर पनि फुर्तिलो हुन्छ, मन पनि स्वच्छ हुन्छ । शरीरले गर्ने काम पनि सरल ढङ्गले गर्न सकिन्छ तर स्वास्थ्य राम्रो छैन भने मन पनि राम्रो नहुने, झर्को लाग्ने, कुरा गर्न मन नलाग्ने, अरुले गरेको कुरा सुन्न पनि मन नलाग्ने काम गर्ने कुरा त पर जावोस् त्यसैले हामी सदा सर्वदा शारीरिक काम आफ्नो पेसा हैन भने दैनिक हिँडडुल गर्ने शारीरिक अभ्यास गर्ने गरौँ । दैनिक योग प्राणायाम गरौँ । ध्यान गरौँ । जसले शरीर चुस्त फुर्तिलो मानसिक रूपमा पनि तरो ताजा र फुर्तिलो हुनेछ । फलस्वरूप मानिस अध्यात्मिक रूपमा पनि सचेत हुनेछ तसर्थ हामी त्यस बारे अलि चर्चा गरौँ :

सबै कुरा स्वास्थ्य राख्नु छ भने तपाई हामी पनि केवल स्वादको पछी नलागौँ । स्वाद दुई इन्चको जिब्रोको लागि तर स्वस्थ्यकर खाना हाम्रो सम्पूर्ण शरीरको लागि हुने । आजको तपाईंको खानपान, आहार व्यवहार र विचारले नै तपाईंको बुढ्यौली अवस्था सुनिश्चित गर्ने हुनाले अहिले सोच्नु पर्छ । आफ्नो दिनचर्या सक्रिय राखौँ, असल ताजा सफा र सन्तुलित खान पान गरौँ, असल काम गरौँ, सकारात्मक बनौँ, सहयोगी बनौँ । आफू असल जगत असल भन्ने कुरा नभुलौँ ।

बच्चा बेलादेखि असल लत बसे नै बुढेसकाल सरल र सहज हुन्छ मूल मन्त्र यहीँ हो । विस्तृत ज्ञानको लागि “सहज बुढ्यौली” पुस्तक पढ्नु होस् त्यसले केही मात्रामा भए पनि तपाईंको बुढेसकाल सहज बनाउन अवस्य मद्दत गर्छ ।

०००
काठमाडौं, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x