साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार हुन्छ

कहिले उत्तरले पेल्छ कहिले दक्षिणले पेल्छ छिमेकीबाटै हामीलाई किन सधैँ प्रहार हुन्छ ।

Nepal Telecom ad

कान्छा तिवारी :

आउ मिलि युद्ध गरौँ कि वार हुन्छ कि पार हुन्छ
कलमको भाषा नबुझेसी हातमा तरबार हुन्छ ।

प्रायः त्यो देशको जनताले कहिल्यै सुख पाउँदैनन्
जुन देशमा नेपालको जस्तै जस्तै सरकार हुन्छ ।

कमजोर नसम्झ वीर गोर्खालीका सन्तान हौँ हामी
जाग्नु पर्‍यो भने हरेक नेपालीको हातमा धार हुन्छ ।

कहिले उत्तरले पेल्छ कहिले दक्षिणले पेल्छ
छिमेकीबाटै हामीलाई किन सधैँ प्रहार हुन्छ ।

सुनको त कुरै छोडौ नुन किन्न सकिँदैन अब
यस्तै भएर होला सबै ठाउँमा भ्रष्टाचार हुन्छ ।

०००
शङ्खरापुर नगरपालिका -४, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तेल घस्छन्

तेल घस्छन्

कान्छा तिवारी
यहाँ यस्तै छ…

यहाँ यस्तै छ…

कान्छा तिवारी
झरिदिए पुग्छ

झरिदिए पुग्छ

कान्छा तिवारी
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x