साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झरिदिए पुग्छ

सडकमा मान्छे ओराल्न नारा लाउनै पर्दैन आन्दोलनमा एउटा मान्छे मरिदिए पुग्छ ।

Nepal Telecom ad

कान्छा तिवारी :

देश बनाउन एउटा काम गरिदिए पुग्छ
भ्रष्टाचारी उठाएर जेलमा भरिदिए पुग्छ ।

चिन्ता नगर्नुस् चुनाव तपाईंले नै जित्नु हुन्छ
कतै मासु भात कतै कालो धन छरिदिए पुग्छ ।

सडकमा मान्छे ओराल्न नारा लाउनै पर्दैन
आन्दोलनमा एउटा मान्छे मरिदिए पुग्छ ।

माया गर्छु प्रिय भनेर मुखले नभने पनि
चौतारीमा बस्दा मेरो नजिक सरिदिए पुग्छ ।

चौतारीमा धेरै मान्छेहरूको जमघट हुन्छ
आफ्नो काम सकिएपछि आफै झरिदिए पुग्छ ॥

०००
साँखु, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तेल घस्छन्

तेल घस्छन्

कान्छा तिवारी
यहाँ यस्तै छ…

यहाँ यस्तै छ…

कान्छा तिवारी
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x