साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यकार माणिकरत्नकाे गीत शिशिर याेगीकाे स्वरमा

नेपाली सांगीतिक क्षेत्रका ख्यातिप्राप्त कलाकार शिशिर योगीले शाक्यकाे गीतलाई स्वर र संगीत दिएका छन्। उनकाे अभिनय काैशलले गीतमा सुनमा सुगन्ध पनि थपेकाे छ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ जेठ ३ । हास्यव्यङ्ग्य क्षाेत्रमा क्रियाशील हुँदै आएका माणिकरत्न शाक्यले आफूलाई गीतकारकाे रूपमा पनि चिनाएका छन्। उनले कालो बादल हुँ गीतमार्फत आफूलाई गीतकारकाे रूपमा चिनाएका हुन्।

नेपाली सांगीतिक क्षेत्रका ख्यातिप्राप्त कलाकार शिशिर योगीले शाक्यकाे गीतलाई स्वर र संगीत दिएका छन्। याेगीले गीतलाई मीठाे स्वर मात्रै दिएका छैनन् उनकाे अभिनय काैशलले गीतमा सुनमा सुगन्ध पनि थपेकाे छ।

शिशिर याेगी अफिसियल युट्युव च्यानलबाट रिलिज भएको उक्त गीतमा प्रकृति र मानव जीवनकाे सुन्दर संयाेजन पाइन्छ।

उक्त गीतकाे अडियाे भिडियाे शिशिर याेगी, संगीत संयोजन अमूल कार्किधली, रेकर्डिस्ट कमल थापा, मिश्रण श्यामस्वेत रसाइली, रेकर्डिङ स्टुडियो प्रिज्म डिजिटल, गितार सञ्जीव बराइली र चेलो निषाद श्रेष्ठकाे रहेकाे छ।

याेगीकाे उक्त युट्युव च्यानलबाट मानिस खाेजिरहेछु, कर्णालीपारि, बाेल्ने काेही छैन, सांरगी त रेटे पनि, मरिलानु के नै छ र जस्ता सयाैं गीतकाे रसास्वादन लिन सकिने छन्।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x