साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठनागरिक दुर्व्यवहार सचेतना दिवस

ज्येष्ठ नागरिकहरूको क्षेत्रमा काम गर्ने काम गर्ने संस्थाहरूलाई उचित तालिम उपलब्ध गराई क्षमता विकास गर्नु आवस्यक छ तथा नियमनकारी संस्थालाई प्रभावकारी परिचालन गरि संस्थाको कामको मूल्याङ्कन गर्नु आवश्यक छ ।

Nepal Telecom ad

श्रीधर लामिछाने :

जुन १५ अन्तर्राष्ट्रिय दुर्व्यवहार विरुद्ध चेतना दिवस हो । यसै प्रसङ्गमा आम मानिसको चेतना जगाउने हेतुले यो लेख तयार गरिएको छ । सानो रूपमा होस् या ठुलो अहिलेको नेपाली समाज र अझ भनौ घर घरमा दुर्व्यवहार हुन सक्छ । जानेर वा अन्जानमा हुने दुर्व्यवहारले ज्येष्ठ नागरिकको मानसिक एवं शारीरिक स्वास्थ्यमा प्रतिकुल असर पर्दछ । दुर्व्यवहारको स्वरूप भने फरक फरक हुन सक्छ । ज्येष्ठ नागरिक दुर्व्यवहार धनी वा गरिव मुलुक, विकसित वा अविकसित मुलुक सबै ठाउँमा छ मात्रात्मक फरक भने हुन सक्छ ।

हामी आफै पनि यो मामलामा सचेत हुन जरुरी छ । ज्येष्ठ नागरिकलाई सेवा सहयोग गर्ने घर परिवार र स्याहार्कर्ता सबैमा यो चेतना वा सजगता भएमा ज्येष्ठ नागरिकहरूको जीवन अझ सहज मात्र हैन सम्मानित पनि हुनेछ । तसर्थ आउनुहोस यस बारे केहि चर्चा गरौँ ।

दुर्व्यवहार के हो ?
कुनै पनि ज्येष्ठनागरिकलाई भौतिक, सामाजिक, मानसिक आर्थिक, यौन सम्बन्धी एक वा अर्को वा बहुप्रकारको पीडा दिने चोट पुर्‍याउने वा कुप्रभाव पार्ने वा हानी पुर्‍याउने व्यवहार गरियो भने त्यस लाइ दुर्व्यवहार भनिन्छ । चाहे त्यो व्यक्ति ले वा संस्थाले गरेको होस् । व्यक्ति भन्नाले परिवार सदस्य वा ज्येष्ठनागरिकको हेरचाह। स्याहार सुसार गर्ने जो सुकै हुन सक्छ । संस्था भन्नाले सरकारी वा गैर सरकारी वा निजि संघ संस्थाका कर्मचारी वा सहयोगी वा स्वयंसेवक भन्ने नै हो ।

मोटामोटी रूपमा ज्येष्ठनागरिकहरू प्रति गरिने मुख्य मुख्य दुर्व्यवहारहरूः

भौतिक दुर्व्यवहारः-
शारीरिक कुटपिट, शारीरिक यातना, लडाइदिने, धकेल्ने, सक्ने भन्दा बढी श्रम गर्न लगाउने, नेपालका गाउँ घरमा त गरिबलाई देख्दै डाइने बोक्सी भन्ने दिसापिसाब खुवाउने तातोले डाम्ने अनेक प्रकारको दुर्व्यवहार गर्ने गरेको घटना प्रशस्त घटेका हुन्छन । थोरै मात्र संचार माध्यममा आउछन । धेरै घटना त्यतिकै लुकाइन्छन् । धेरै धेरै अमानवीय घटना घटी रहेको हुन्छ तर बाहिर आएको हुँदैन । स्याहार गर्ने व्यक्तिले कतिपय अवस्थामा लागु औषधिको समेत प्रयोग गरेर दुर्व्यवहार गरेको घटना यो क्षेत्रमा काम गर्नेहरू बताउछन् । भौतिक दुर्व्यवहार हाम्रो गाउँघर र आश्रम दुवै ठाउँ मा हुने गरेको पाइन्छ ।

अपहेलना वा बेवास्ता जस्ता दुर्व्यवहार गर्नेः-
दिनभर मात्रै हैन राति पनि ज्येष्ठनागरिकलाई घरमा एक्लै छोडिदिने, उनीहरूलाई, खिज्याउने, जिस्काउने उनीहरूको आवश्यकतालाई प्राथमिकतामा नराख्ने चलन धेरै बढेर गएको देखिन्छ । उनीहरूको आवस्यक माग लाई सुने पनि नसुने जस्तो गर्ने । खान पनि कि छिटो दिने वा ढिलो चिसो भएपछि दिने व्यवहार पनि थुप्रै छन् । त्यस्तो व्यवहारले आउदो पुस्तालाई के सिकाउला ? विस्तारै उनीहरूप्रति दुर्व्यवहारको घटना बढिरहेको देखिन्छ । चाहिएको समान धेरै पटक भन्दा पनि नल्याइदिने यस्तो अवस्था बढेर गएको प्राय सबै जसो वृद्धाश्रमहरूमा प्रशस्त गुनासो सुनिन्छ ।

विद्यमान समयमा नेपाली समाजले अझ भन्ने हो भने नया पुस्ताका राजनीतिक नेतृत्वले त ज्येष्ठ नागरिकप्रति हेर्ने दृष्टि नै बदलेको जस्तो लाग्छ । उनीहरूप्रति मनोसामाजिक व्यवहारनै फरक देखिन्छ र सामुहिक बसाइ उठाईमा त्यो प्रकट हुँदैन जब एक्लो भयो तव त्यस्ता दुर्व्यव्यवहार देखिन्छन् । उमेरको हद लगाएर उनीहरूको क्षमता र अनुभव लाइ वेवास्ता गर्ने क्रम बढेको मात्र हैन अवमुल्यन गरिदैछ । उदाहरणको रूपमा राजनीतिमा ७० नाघेपछि उनीहरू प्रयोगहीन हुन्छन याने कि काम लाग्दैनन् जस्तो गरिँदैछ । मुख्य निणर्यहरूमा साहभागी गरिँदैन । तर संसारमा हेर्‍यो भने धेरै राष्ट्र प्रमुख नै काममा काविल देखिएका छन् । जस्तो अमेरिकाका वर्तमान राष्ट्रपति जो वाइडेन, यो भन्दा अघिल्लो राष्ट्रपति पनि त्यस्तै उमेरका थिए । खास भन्न खोजेको कुरा के भने उमेरले हैन उनीहरूको शारीरिक वा मानसिक अवस्थालाई हेरे टीका टिप्पणी र व्यवहार गर्नु पर्छ । अहिलेको नेपाली युवा त सामाजिक सञ्चार माध्यममा हेर्दा भाषण गर्दा सबै बुढाबुढी काम नलाग्ने भन्ने जस्ता अभिव्यक्ति सुनिन्छ । त्यस्ता थुप्रै राष्ट्र प्रमुख देख्न सकिन्छ जो उमेरले धेरै भए पनि कामको हिसावले युवाको जस्तो सक्रिय छन् नयाँ विचारसहित समाजलाई पथ प्रदर्शन गर्छन् । गर्दैछन् ।

मानसिक भावनात्मक दुर्व्यवहार गर्नेः-
विशेषतः वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई अनेक प्रकारले धम्काउने तर्साउने, गरिएको हुन्छ । उनीहरू त्यसको विरुद्ध आवाज निकाल्न सक्दैनन् किनकि घर बाट परित्यक्त भएका ज्येष्ठनागरिकहरू त्यहाँ बाट पनि निस्कनु पर्ला भन्ने त्रास ज्येष्ठ नागरिकहरूमा हुन्छ । ज्येष्ठनागरिक कस्तो परिवारबाट आएका हुन्छन त्यसमा पनि भर पर्छ । जो सडक बाट ल्याइएका हुन्छन् । उनीहरूलाई विभिन्न प्रकारका आरोप समेत लगाउने गरेको देखिन्छ । गाउँ घरमा भने दुःखी गरिब परिवारका ज्येष्ठ नागरिकलाई खास गरि भन्दा महिलालाई त बोक्सीको आरोप लगाएर चरम यातना दिएको थुप्रै समाचार आउछन । उनीहरूलाई मल मुत्र ख्वाउने देखि तातो पन्युले डामेका घटना पनि थुप्रै छन् । त्यस्ता चरम मानसिक यातना समाजको अवहेलनाको शिकार हुनुपर्दछ । त्यस्ता ज्येष्ठ नागरिकलाई आफन्तसँग भेट्न नदिएर पनि सताइन्छन् । उनिहरूलाई माया गर्ने मान्छेले दिएको उपहार नदिने आदि पनि गुनासो सुनिन्छ ।

आर्थिक दुर्व्यवहार गर्नेः-
ज्येष्ठ नागरिकहरूलाई गरिने दुर्व्यवहार मध्य आर्थिक दुर्व्यवहार पनि निकै नै हुने गरेको छ । यस्तो दुर्व्यवहार फेरी पनि हेरचाह गर्ने स्याहार सम्भार गर्ने व्यक्तिहरूले नै गर्न सक्छन । आश्रित ज्येष्ठनागरिकको नगद वा जिन्सी उनीहरूको अनुमति वा स्वीकृति बेगर झिकिदिने गर्छन । ज्येष्ठनागरिकको सम्पत्ति उनीहरूको अनुमति बेगर आफ्नो नाउँमा सार्ने गर्छन । ज्येष्ठनागरिक लाइ आर्थिक प्रभाव पर्ने निणर्य आफूखुशी गरिदिन्छन ।

यौन उत्पीडन वा दुर्व्यवहार गर्नेः-
अहिलेको समाजमा ज्येष्ठनागरिकलाई पनि यौन सम्बन्धित पीडा दिएको घटनाहरू थुप्रै भेटिन्छ यद्यपि सकेसम्म उनीहरूले प्रकट गर्न खोज्दैनन् । घटना भने भइरहेको हुन्छ । उनीहरूको निजित्वमा प्रभाव पर्ने गरि नाङ्गै राख्ने, वा आफुले यौन अङ्ग देखाउने, जबर्जस्ति रूपमा यौनजन्य क्रियाकलापमा प्रयोग गर्ने वा सहभागी गराउने घटना पनि थुप्रै हुने गर्छन् तर यस्ता घटना बाहिर आउन नदिई सामसुम पारिन्छन् । अहिले नेपालमा पनि निजी तथा गैरसरकारी संस्थाहरूले चलाएका वृद्धाश्रम वा हेरचाह केन्द्र छन् तिनको अनुगमन गर्ने निकाय प्रभावकारी छैन न त यस्ता जटिल कुरामा अध्ययन समेत हुन् सकेको छैन् ।

विश्वमा ज्येष्ठनागरिक दुर्व्यवहारको अवस्थाः-
विश्वमा सामाजिक।आर्थिक संरचना फेरिएको छ । न्युक्लियर फेमिली बढ्दो छ । कृषिमा आधारित अर्थ व्यवस्था हैन बजारमूखी अर्थ व्यवस्थाको दबदबा बढेको छ । धेरै जसो युवा समुदाय संयुक्त परिवारमा वस्नुको सट्टा एक्लो बस्ने प्रचलन बढेको छ । मानिसको इमोसनल भ्यालु बदलिएको छ । अनि बुढेसकाल वृद्धाश्रम वा हेरचाह केन्द्रमा आश्रित हुनुपर्ने अवस्था बढेको छ । यस्तो परिस्थितिलाई ध्यानमा राख्दा ज्येष्ठनागरिक संग सम्बन्धित काम गर्ने संस्था पनि केहि हद सम्म सक्रिय हुन थालेका छन् यद्द्यपी यस्तो पहल नगन्य छ ।

अरु विषयको तुलनामा ज्येष्ठ नागरिक दुर्व्यवहार सम्बन्धि अध्ययन कम नै छ । विश्व स्वास्थ्य संगठनले सन् २०१७ मा गरेको अध्ययन अनुसार अहिलेको विश्वमा हरेक ६ जना ज्येष्ठ नागरिक मध्य एक जना दुर्व्यवहारबाट पीडित हुन्छन् भन्ने देखाएको छ । विश्वका २८ वटा देशमा गरेको अध्ययनले समुदाय स्तरमा भएका दुर्व्यवहार करिब १५.७% छ भने संस्थागत रुपमा भएको दुर्व्यवहार भने झन्डै दुइ तिहाई अर्थात् ६४.२% देखिएको छ । उक्त अध्ययन बाट दुर्व्यवहार धेरै प्रकारका भए पनि मुख्य रूपमा हेर्दा भावनात्मक, भौतिक, आर्थिक, वेवास्ता । अपहेलना र यौनजन्य दुर्व्यवहार गरि ५ समुहमा बाँडेको पाइन्छ ।

दुर्व्यवहार न्यूनीकरणका उपायः-
यो विषयमा सबै सरोकार वाला निकाय सचेत हुनु जरुरी छ । कम्तिमा आफू बात कोहि पनि दुर्व्यवहाररहित नहोस् भनेर सजगता अपनाएमा स्वतः दुर्व्यवहारका घटन घटना सक्छ । तर नजानेर हुने दुर्व्यवहार त आफ्नो कुन कुन व्यवहारले ज्येष्ठ नागरिकको मानसिक, शारीरिक अध्यात्मिक, आर्थिक र सामाजिक जीवनमा चोट पर्छ भनेर सचेतता पुर्वक व्यवहार गर्न सकेको खण्डमा धेरै समस्या समाधान हुन्छ । तर जानीजानी गर्ने दुर्व्यवहार भने समाधानको लागि सचेतनाले मात्र पूग्दैन बलियो कानुनको पनि सहारा लिनु पर्ने हुन सक्छ । त्यसको लागि राज्यले सर्व प्रथम हाम्रो देश समाजमा कस्ता दुर्व्यवहार भएका छन् अध्ययन गर्नु पर्छ । त्यो अध्ययनको आधारमा नै दुर्व्यवहार घटाउने उपाय पत्ता लगाई तदनुरूप कानुन निर्माण गरि प्रभावकारी रूपमा कार्यान्वयन गरिनु पर्छ ।

बुढ्यौली अवस्थामा धेरै ज्येष्ठ नागरिकले आफ्नो पिर मर्का बताउन नसकने पनि परिस्थिति हुन सक्छ । त्यस्तोमा सामाजिक अभियन्ता वा सरकारी निकाय प्रभावकारी हुनु पर्ने हुन्छ । मैले चिनेका कैयन आमाहरू उनका सन्तान बात जति दुर्व्यवहाररहित हुन परे पनि बताउन अरु कसैलाई सक्दैनन् किनकि भन्छन् “अहिले त दुःख मात्र दिएका छन् यदि मैले कुरा गरेको थाहा पाए मलाई घर बाट निकाल्छन् ।” यो अवस्थामा राज्यका सबै संयन्त्रले स्थानीय निकायले ज्येष्ठ नागरिकलाई थप पीडा हुन बाट जोगाउँदै दुर्व्यवहारबाट सुरक्षित हुन मद्दत गर्नु पर्ने हुन्छ । फेरी यो विश्वव्यापी समस्या हो । हरेक देशमा ज्येष्ठ नागरिक दुर्व्यवहारको घटना घटी रहेका छन् । कुनैले ज्यानै लिएका छन् भने कुनै सामान्य ।

अन्तरराष्ट्रिय स्तरमा सन् १९९७ देखि निरन्तर ज्येष्ठ नगरिकहरूको पक्षमा काम गर्दै आएको संस्था आइ.एन.पि.इ.ए ले माथि उल्लेखित मन्त्रीस्तरीय बैठकमा विषय विज्ञहरूको सहयोगमा आगामी दशकको निमित्त प्राथमिकताको क्षेत्र किटान गर्ने उद्देश्य लिएको छ । त्यसमा लामो समय देखि विषय विज्ञको रूपमा संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद बाट अध्यन अनुसन्धानमा संलग्न विज्ञ Claudia Mahler -UN Expert को प्रस्तुति मा मोटामोटी रूपमा निम्न अनुसार प्रस्तुत गर्ने सोच बनाएको बुझिएको छः-
– हरेक देश ले ज्येष्ठ नागरिकहरूको सहभागितामा उनीहरू प्रति गरिने अन्यायपूर्ण र अमानवीय दुर्व्यवहार पत्ता लगाइ प्राथमिकताको आधारमा संविधान संवत ऐन कानुन निर्माण र परिमार्जन गर्दै कार्यन्वयन गर्नु पर्छ ।
– हरेक देशले उमेरका आधारमा ज्येष्ठ नागरिकहरूप्रति गरिने सबै प्रकारका अन्यायपूर्ण र अमानवीय व्यवहार रोक्नको लागि नीतिगत निणर्य र कार्यन्वयन गर्नु पर्छ ।
– कोभिड १९ जस्तै भविष्यमा हुने महामारी एवं प्रकोपहरूमा अन्य नागरिक जस्तै ज्येष्ठनागरिकहरूको हक अधिकार सुरक्षित हुने रणनीति तय गरि सोहि अनुसार कार्यन्वयन गरिनु पर्छ ।
– उनीहरूलाई पनि सूचनाको हक समयानुकुल प्रविधिमैत्री बनाउने तालिमहरू तथा शिक्षा आर्जनको अवसर प्रदान गर्दै, सक्ने र इच्छा हुँदासम्म अर्थपूर्ण सक्रियताको प्रत्याभूति गरिनु पर्छ ।
– हरेक देशले ज्येष्ठनागरिकलाई अरुसरह सबै उमेर समूहका व्यक्तिहरूसँग घुलमिल, खानपिन, सभा-समारोहमा सहभागि हुने अवसर को वातावरण सिर्जना गर्नु पर्दछ ।
– हरेक देशले रेडियो, टिभी, पत्र पत्रिका लगायत सबै सञ्चार माध्यममा ज्येष्ठनागरिकहरूको विषय समावेश गर्ने वातावरण सिर्जना गर्नु पर्दछ । र उनीहरूलाई एक्लो र निरस वातावरणमा जिउने वातावरणबाट मुक्त गरिनु पर्दछ ।

ज्येष्ठनागरिककै विषयमा अहिलेसम्म यु एन कन्भेन्सन हुन सकेको छैन त्यसको निमित्त दरो उदाहरण हो । अन्तर्राष्ट्रिय रूपमा कन्भेन्सन होस् भन्ने आवाज उठाउन जोड दिनु पर्ने छ । उल्लेखित बाहेक नेपालमा सरकारले यस विषयमा गर्नु पर्ने काम निम्नानुसार छन्ः-
– नेपालमा ज्येष्ठ नागरिकको हितको लागि भएको कानुनी व्यवस्थालाई नियाल्दा नेपालको वर्तमान संविधानको धारा ४१ ज्येष्ठ नागरिक सम्बन्धि मौलिक हकको महलमा भनिएको छ “ज्येष्ठ नागरिक लाइ राज्यबाट विशेष संरक्षण तथा सुरक्षाको हक हुनेछ” भनिएको छ । तर संविधानको उक्त प्रावधान अनुरूपको जेष्ठ नागरिक ऐन २०६३ परिमार्जन भएको छैन जसमा धेरै कमजोरीहरू पाइन्छन् । त्यसको लागि अविलम्ब ऐन संशोधन हुनु जरुरि छ र सो मुताविक नियमावली परिमार्जन गर्नु आवश्यक छ ।
– ऐन र नियमावली धेरै फितलो खालको छ त्यसलाई चुस्त र प्रभावकारी बनाई कार्यन्वयन गर्नु पर्दछ ।
– ज्येष्ठनागरिकको समस्त अवस्थालाई राष्ट्रिय रूपमा अध्ययनको खाँचो छ । उनीहरूको वास्तविक अवस्था थाहा पाउन हामीले अहिले विदेशी संस्था जस्तै हेल्पेज इन्टरनेसनल, विश्व स्वास्थ्य संगठन, वा आइ एन पी इ ए जस्ता संस्थाको सहायता लिनु परेको छ किनकि आफ्नै त्यस्ता तथ्याङ्क कुनै नेपाली संस्था वा राज्यसँग छैन भन्ने मेरो बुझाई हो । अनि वस्तुपरक योजना कसरि बन्छ र ? राम्रो र सहि तथ्याङ्क भएको खण्डमा मात्र सही काम हुन सक्ने हो ।
– ज्येष्ठ नागरिकहरूको क्षेत्रमा काम गर्ने सबै संस्थाहरूको प्रोफाइल राख्ने अद्यावधिक गर्ने र कामको आधारमा सहयोग जुटाउनु आवश्यक छ ।
– ज्येष्ठ नागरिकहरूको क्षेत्रमा काम गर्ने काम गर्ने संस्थाहरूलाई उचित तालिम उपलब्ध गराई क्षमता विकास गर्नु आवस्यक छ ।
– नियमनकारी संस्थालाई प्रभावकारी परिचालन गरि संस्थाको कामको मूल्याङ्कन गर्नु आवश्यक छ ।
– राम्रो काम गर्ने संस्थालाई पुरस्कार र गलत काम गर्ने संघ संस्था र व्यक्ति लाइ दण्डित नियमित रूपमा गर्नु आवश्यक छ ।
– चेतनाकरण अभियानमा ज्येष्ठ नागरिक मात्र नभई विद्यालयका छात्र छात्र र सम्बन्धित सरोकारवाला संस्थाका कर्मचारी परिचालित गर्नु वान्छनीय हुनेछ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्यौली चिन्तन

बुढ्यौली चिन्तन

श्रीधर लामिछाने
बुढ्यौलीको सूचक र कर्म

बुढ्यौलीको सूचक र कर्म

श्रीधर लामिछाने
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x