साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

हामी कस्तो बन्ने होला हामी पनि मान्छे असल कर्म सधैँ गरौ राम्रो बनौ मान्छे सभ्य शिष्ट सुसंस्कारी सुन्दर बनौँ मान्छे सिक्ने सधैँ ज्ञान लिने प्सासि बनौँ मान्छे ॥

Nepal Telecom ad

नारायण ज्ञवाली :

कोही असल कोहि खराव जस्तो पनि मान्छे
नियम कानुन शिक्षा दीक्षा सिकाउने मान्छे
नियम कानुन उल्लङ्घनमा रमाउने मान्छे
भ्रष्टाचार अत्याचार गर्न सक्ने मान्छे ॥

हत्या हिंसा बलत्कार गर्ने त्यै हो मान्छे
निर्दोषीलाई दोष लगाई फसाउने मान्छे
अपराधीलाई बचाउने छिपाउने मान्छे
कुकर्म र कुसंस्कारमा जोडिएको मान्छे ॥

साधु सन्त ज्ञानी ध्यानी सिपमूलक मान्छे
समाज सुधार वैज्ञानिक चिन्तक पनि मान्छे
जाँड रक्सी जुवा तासमा रमाउने मान्छे
आफैलाई नचिनेर आफै मर्ने मान्छे ॥

नराम्रा र राम्रा कुरा बोकी हिँड्ने मान्छे
कुलतको बानीलाई छुटाउने त्यै मान्छे
सभ्य शिष्ट न्यायमूर्ति जन्माउने मान्छे
गन्दा पनि नसकिने कति थरी मान्छे ॥

हामी कस्तो बन्ने होला हामी पनि मान्छे
असल कर्म सधैँ गरौ राम्रो बनौ मान्छे
सभ्य शिष्ट सुसंस्कारी सुन्दर बनौँ मान्छे
सिक्ने सधैँ ज्ञान लिने प्सासि बनौँ मान्छे ॥

०००
हाल बेलायत

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ramprasad panthi
Ramprasad panthi
2 years ago

मान्छेबारेकाे मामाकाे रचना राम्रो लाग्याे । अरू यस्तै पढ्न पाइयोस् ।

Nepal Telecom ad
म सांसद

म सांसद

नारायण ज्ञवाली
मलाई प्यारो सत्ता

मलाई प्यारो सत्ता

नारायण ज्ञवाली
म नेता

म नेता

नारायण ज्ञवाली
हाम्रो प्रवृत्ति

हाम्रो प्रवृत्ति

नारायण ज्ञवाली
धोका

धोका

नारायण ज्ञवाली
म नेता

म नेता

नारायण ज्ञवाली
1
0
Would love your thoughts, please comment.x
()
x